चितवनमै पहिलोपटक सीएमसीले सुरु गर्र्यो कलेजो प्रत्यारोपण ‘ओपीडी’ सेवा, प्रत्यारोपण छिट्टै सुरु हुने

राजेश घिमिरे भरतपुर, १२ चितवन चितवन मेडिकल कलेज(सीएमसी)ले चितवनमै पहिलोपटक हेपाटोलोजी तथा कलेजो प्रत्यारोपण बहिरंग (ओपीडी) सेवा सुरुआत गरेको छ । आइतबार विश्व हेपाटाइटिस दिवसको अवसरमा अस्पतालले यो सेवा सुरु गरेको हो ।   कलेजो प्रत्यारोपणको स्वीकृती पाइसकेको अस्पतालले आइतबार देखि हेपाटाइटिस तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सागर पौडेलमार्फत ओपीडी सेवा दिनेछ । कलेजो सम्बन्धी […]

ग्लोबल रिचको ‘द बिगेष्ट अष्ट्रेलिया एजुकेशन फेयर’ को तयारी पुरा

साउन १२,चितवन । शैक्षिक परामर्श संस्था ग्लोबल रिच चितवनद्धारा आयोजना हुने शैक्षिक मेलाको तयारी पुरा भएको छ । सोमबार शुरु हुने ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर २०१९’ को तयारी पुरा भएको संस्थाले जानकारी दिएको छ उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुलाई लक्षित गर्दै यो मेलाको आयोजना गरिएको हो । विगतका बर्षहरुभन्दा भन्दा केही […]

तरकारी, बिषादी र हामी नेपाली

दुर्गाकुमार पुरी रत्ननगर–१३, चितवन ​जीवन अमूल्य छ । अमूल्य जीवनलाई सँधै स्वस्थ र सुन्दर राखिराख्नका लागि खानपिन, उठवस, असल आचरण र योगाभ्यासको जरुरी हुने गर्दछ । सत्य, त्रैता र द्वापर हुँदै हामी कलियुगमा प्रवेश गरेका छौं । हिजोका ऋषिमहर्षीहरू र अहिलेको हाम्रो जीवनशैलीमा धेरै अन्तर देखिन पुगेको छ । ऋषिमहर्षीरू प्रकृतिसँग नजिक हुँदै शुद्ध हावापानी […]

प्रदर्शनी केन्द्रपछि शिक्षालय निर्माणमा लाग्छौ – दुवाडी

भेषराज दुवाडी चितवनका सफल पर्यटन व्यवसायी तथा उद्योगी हुन् । दुवाडी होटल स्टार बैंक्युटका सञ्चालक, युनाइटेट बेभरेज प्रालिका अध्यक्ष तथा स्यान्डविच होम सोलुसनका सञ्चालक हुन् । आर्थिक तथा सामाजिक विकासका अभियानमा उनी निकै सक्रिय छन् । दुवाडी चितवन उद्योग संघ चितवनका अध्यक्ष हुन् । यस्तै क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्षसमेत हुन् । चितवनलाई पर्यटन तथा […]

पिउने पानीको व्यवसायमा १३ करोड बढीको लगानी थपियो

राजेश घिमिरे १२ साउन । सरकारले पिउने पानीको गुणस्तरमा कडाई गरेपछि चितवनलाई केन्द्र बनाएका पानी उद्योगहरुको लगानीमा १३ करोड भन्दा बढी थपिएको छ । सामान्य मेसिनको प्रयोग गरेर पानीको उत्पादन तथा बिक्री वितरण गर्दै आएका सबैजसो उद्योगहरुले अहिले लगानीमा वृद्धि गरेका छन् । चितवन तथा नवलपुर क्षेत्रमा २० वटा पानी उद्योगहरु सञ्चालन भइरहेका छन् । […]

महंगीको मारमा दूध ,आत्मनिर्भर जिल्लाकै किसान निराश

विप्लव काफ्ले भरतपुर, १२ साउन चितवनका दुग्ध किसानले मूल्य बढाउन लागेका छन् । किसानले दूधको मूल्य बढाउन दबाब दिएपछि जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले मूल्य बढाउने तयारी गरेको हो । शुक्रबार बसेको संघको बैठकले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने निर्णय गरेको अध्यक्ष रत्नमणी न्यौपानेले बताए । “१–२ दिनमै घोषणा गर्दैछौँ”, उनले भने, “लागत बढेको […]

स्रस्टा ढकाल र जैसी सम्मानित

गैंडाकोटर, १२ साउन नेपाली साहित्य क्षेत्रलाई अतुलनीय योगदान दिएको भन्दै वेणीमाधव ढकाल र सदानन्द जैसीलाई सम्मान गरिएको छ । त्रिवेणी साहित्य परिषद् नवलपरासीले एक कार्यक्रमको आयोजना गरि ढकाल र जैसीलाई सम्मान गरेको हो । नगद पन्ध्र हजार पाँच सय पचपन्न रुपैयाँ राशीको इन्द्रराज काव्य पुरस्कारबाट ढकाल र पाँच हजार एक सय एघार रुपैयाँ राशिको कृष्णजङ्ग […]

सौराहा वचतको वार्षिकोत्सवमा विविध कार्यक्रम

रत्ननगर, १२ साउन रत्ननगर ६ मा रहेको सौराहा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गरि शनिवार २० औँ बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा सहकारीले रक्तदान, स्वास्थ्य शिविर र अक्षयकोषलाई सहयोग हस्तान्तरण गरेको थियो । सहकारीले सामाजिक दायित्व वहन गर्दै बार्षिकोत्सवमा झुवानी माविमा समाहित दृष्टिविहीनको शिक्षाका लागि स्थापना गरिएको अक्षयकोषलाई ५१ हजार रुपैयाँ सहयोग […]

बोस्टन फिस्टामा रम्दै युवा

भरतपुर, १२ साउन भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा शुक्रबार देखि सुरु भएको बोस्टन फिस्टा आइतबार पनि जारी रहनेछ । कलेजका विद्यार्थीहरुले फिस्टाको आयोजना गरेका हुन् । कलेजका विद्यार्थीहरुको व्यवस्थापनमा आयोजित बोस्टन फिस्टाको यो दोस्रो संस्करण हो । कलेजका एमबीए कार्यक्रम निर्देशक ऋषि चपागाईँले अघिल्लो संस्करणको तुलनामा कार्यक्रमको शैलीमा केही परिवर्तन ल्याइएको बताए । अघिल्लो फिस्टा एक […]

अण्डा संघमा केसी निर्वाचित

साउन १२ गते । नेपाल अण्डा उत्पादक संघको केन्द्रिय अध्यक्षमा शिवराम केसी निर्वाचित भएका छन् । यसअघि दुई पटक अध्यक्ष भईसकेका केसीले रघुनाथ भट्टलाई भारी मतान्तरले पराजीत गर्दै तेश्रो कार्यकालका लागि पुन अध्यक्षमा निर्वाचित भएका हुन् । आईतवार विहान सम्पन्न भएको अन्तिम मतपरिणाम अनुसार केसीले भट्टलाई २१४ मतले पराजीत गरे । केसीले ३९७ मत पाउँदा […]