साउन १२ गते । नेपाल अण्डा उत्पादक संघको केन्द्रिय अध्यक्षमा शिवराम केसी निर्वाचित भएका छन् । यसअघि दुई पटक अध्यक्ष भईसकेका केसीले रघुनाथ भट्टलाई भारी मतान्तरले पराजीत गर्दै तेश्रो कार्यकालका लागि पुन अध्यक्षमा निर्वाचित भएका हुन् । आईतवार विहान सम्पन्न भएको अन्तिम मतपरिणाम अनुसार केसीले भट्टलाई २१४ मतले पराजीत गरे । केसीले ३९७ मत पाउँदा भट्टले १८३ मत मात्र प्राप्त गरेका थिए । निर्वाचनमा कुल ५९० मत खसेकोमा ३ मत वदर भएको थियो । केसी र भट्टले छुट्टा छुट्टै समुह वनाएर निर्वाचनमा होमिएका थिए । ६ सदस्यका लागि १२ जनाको उम्मेदवारी थियो । सदस्यहरुमा किरण भुषण ओली ३८८ मत,राजकुमार श्रेष्ठले ३५९ मत,विनोद अधिकारीले ३१७ मत,भरत कार्कीले ३१० मत, प्रविण केसीले ३०७ र ललितवहादुर जिसीले २६६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।





