सौराहा वचतको वार्षिकोत्सवमा विविध कार्यक्रम

रत्ननगर, १२ साउन

रत्ननगर ६ मा रहेको सौराहा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गरि शनिवार २० औँ बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा सहकारीले रक्तदान, स्वास्थ्य शिविर र अक्षयकोषलाई सहयोग हस्तान्तरण गरेको थियो ।

सहकारीले सामाजिक दायित्व वहन गर्दै बार्षिकोत्सवमा झुवानी माविमा समाहित दृष्टिविहीनको शिक्षाका लागि स्थापना गरिएको अक्षयकोषलाई ५१ हजार रुपैयाँ सहयोग गर्नुका साथै रक्तदान र स्वास्थ्य शिविर गरेको सहकारीका अध्यक्ष गणेश खतिवडाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रत्ननगर नगरपालिकाका मेयर नारायण वन, सहकारीका अध्यक्ष खतिवडाले सो विद्यालयकी शिक्षिका सभ्यता खनाललाई हस्तान्तरण गरे । बार्षिकोत्सवकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ६ जनाले रक्तदान गर्नुका साथै सयौले स्वास्थ्य जाँच गराएका थिए । संस्थाका अध्यक्ष खडिवडाको अध्यक्षतामा भएको कार्यक्रममा पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुजता विष्ट, लायन्स क्लवका डिष्टिक एडभाइजर दीपक खतिवडा, संस्थाका उपाध्यक्ष रामकुमार अर्याल, सचिव योगेन्द्रनाथ अधिकारी लगायतले मन्तव्य राखेका थिए । २०५६ सालमा स्थापना भएको सो सहकारीको हाल १ हजार ६६० शेयर सदस्य रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट