३० चैत । आज चैते दशै, देशभर शक्तिपिठहरूमा पुजाआजा गर्दै मनाइँदैछ । शक्तिपिठहरूमा भक्तजनहरूको भीड लागेको छ ।
आज भगवतीका मन्दिरहरूमा पुजा पाठ र पशुबली दिने चलन रहेको छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापुजाको विशेष महत्व रहेको शास्त्रहरुमा उल्लेख गरिएको छ । शक्ति स्वरुपा भगवतीको आराधना गर्नाले जस्तोसुकै संकटबाट पनि पार पाउन सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।





