प्रगतिपथमा गामवेशी संरक्षण केन्द्रः जहाँ छन् सर्वोत्कृष्ट चेपाङ

 विनोदबाबु रिजाल रत्ननगर, ३० चैत कालिका नगरपालिका–१०, सिद्धिकी सिमरन चेपाङ वैरिया माध्यमिक विद्यालय पढ्छिन् । यसपालि कक्षा ८ को नगरस्तरीय परीक्षा दिएकी उनले ‘ए’ ग्रेड हासिल गरिन् । परीक्षामा सामेल ७२ जनामध्ये उनी उत्कृष्ट बनिन् । गतसाल पनि उनी पहिलो भएकी थिइन् । पूर्वी चितवनको गामवेशी चेपाङ संरक्षण केन्द्रमा आश्रित उनको स्टाफ नर्स बन्ने रहर […]

गजल लेखनमा आशा गर्ने ठाउँ प्रशस्त छन् : अर्याल (कुराकानी)

कमल अर्याल विशेषगरी गजल लेख्छन् । हालै सप्पन्न गजल मञ्च चितवनको अधिवेशनबाट उनी कोषाध्यक्ष पदमा चुनिएका छन् । गजलका अलावा उनी निबन्ध र कथा लेखनमा पनि क्रियाशील छन् । पूर्वी चितवनको रत्ननगर निवासी उनी त्यस क्षेत्रमा हुन अधिकांश साहित्यिक गोष्ठी र अनुष्ठानमा लागिपरेका हुन्छन् । ‘तिमी आउनुअघि’, ‘तिमी आएपछि’ र ‘लौरो’ गरी तीनवटा गजल संग्रह […]

२०७५ चैत ३० गते शनिवार



आज चैते दशै

३० चैत । आज चैते दशै, देशभर शक्तिपिठहरूमा पुजाआजा गर्दै मनाइँदैछ । शक्तिपिठहरूमा भक्तजनहरूको भीड लागेको छ । आज भगवतीका मन्दिरहरूमा पुजा पाठ र पशुबली दिने चलन रहेको छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापुजाको विशेष महत्व रहेको शास्त्रहरुमा उल्लेख गरिएको छ । शक्ति स्वरुपा भगवतीको आराधना गर्नाले जस्तोसुकै संकटबाट पनि पार […]