भरतपुर, ५ चैत
जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्वमा सडकमा अश्लिल क्रियाकलाप गर्दै हिड्ने युवालाई नछाड्ने बताएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले सो चेतावनी दिएको हो । विज्ञप्तिमा इच्छाविपरीत जबरजस्ती होली दल्ने, पानी हान्ने, सार्वजनिक स्थानहरुमा अश्लिल गतिविधि देखाउनेलाई कारबाही गरिने जनाइएको छ ।

काम विशेषले बाटोमा हिडडुल गर्ने मानिसलाई अवरोध गरेमा र रंगमा हानिकारक रसायन तथा वस्तुहरु मिसाएमा प्रहरी चुप नलाग्ने विज्ञप्तिमा उल्लेख छ । त्यस्तै प्रहरीले होली पर्वलाई उल्लासमय, मर्यादित र अनुशासित बनाउन सबैमा अनुरोध पनि गरेको छ ।





