फुड फेष्टिबलमा ५० हजार दर्शक


सौराहा, ४ फागुन
रेष्टुरेण्ट एण्ड बार एशोसिएशन(रेवान)सौराहाले आयोजना गरेको १३ औं सौराहा पूmड फेष्टिबल शुक्रबार सम्पन्न भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो फेष्टिबल ५० हजार स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।
फेष्टिबलका संयोजक ध्रुव गिरीले पर्यटकको संख्याभन्दा पनि फेष्टिबलले चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको भन्दै फेष्टिबल सफल भएको बताए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वनले पर्यटन प्रवद्र्धनका लागि फूड फेष्टिबल कोसेढुंगा सावित भएको बताए ।
समापन कार्यक्रममा फेष्टिबल सम्पन्न गर्न सहयोग गर्ने स्थानीय सरकार, विभिन्न संघसंस्था, प्रायोजक, सहप्रायोजक, कलाकार, उपसमिति संयोजकहरु तथा सञ्चार संस्थाहरुलाई धन्यवाद स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा रेवान सौराहासँग सहकार्य गरेर सामाजिक काम गरेको भन्दै सपना भिलेज सोसियल इम्प्याक्टलाई सम्मान गरिएको छ ।
भ्यालेनटाइन्स डेको अवसर पारेर आयोजना गरिएको सो फेष्टिबलमा ५० वटा खाना र ५ वटा प्रदर्शनी स्टल रहेको रेवानका निवर्तमान अध्यक्ष राजन भट्टले जानकारी दिए । फेष्टिबलबाट भएको आन्दानीबाट वडा नम्बर ५, ६, ७ र ८ का आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने, उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने, घुम्ती शौचालन सञ्चालन गर्ने, सौराहाको सरसफाइको काम गरिने छ ।
रेवान सौराहाका अध्यक्ष गिरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा रेवान सौराहाका संस्थापक अध्यक्ष तथा वडा नम्बर ६ का वडाध्यक्ष बलराम दाहाल, रेवानका पूर्व अध्यक्ष तथा वडा नम्बर ७ का वडाध्यक्ष राजन भट्ट, वडा नम्बर १० का वडाध्यक्ष तथा नगर खेलकुद विकास समितिका अध्यक्ष केशव आचार्य, रेवानका महासचिव कृष्ण भट्टलगायतको सहभागिता थियो । फेष्टिबल अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट