कानूनबारे जानकारी गराउनुपर्छः कृष्णभक्त पोखरेल

भरतपुर, २८ पुस
प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले जारी भएका १६ नयाँ कानूनबारे सर्वसाधरणलाई जानकारी गराउन नसकिएको बताएका छन् । शुक्रबार चितवनका पत्रकारहरुसँग आयोजित सात्क्षात्कार कार्यक्रममा नेता पोखरेलले नयाँ कानूनले धेरै अधिकार जनतालाई दिएको बताए ।
जमिनविहीन कथित दलितलाई जमिन तथा आवास नभएका कुनैपनि नेपालीलाई आवास, सबैलाई आधारभूत उपचार निःशुल्क, कक्षा आठसम्म अनिवार्य र निःशुल्क अध्यायनजस्ता प्रवाधान राखिएको बताए । यस्तै आगामी फागुन २० सम्ममा संविधानसँग बाझिएका १ सय ९३ ऐन परिर्वतन गरिसक्ने तयारी भएको उनले बताए । सरकारले कानून निर्माण गरिसकेको र अब यसलाई संसद्मा बहस गराउँदै पास गर्ने कार्य बाँकी रहेको जानकारी उनले दिए । पोखरेलले डा. गोविन्द केसीले उठाएका माग शिक्षा विद्येयकमा ९८ प्रतिशत परेको बताउँदै अब आन्दोलन गर्नुकौ औचित्य नरहेको जिकिर गरे ।
चितवनको समग्र विकासमा अन्य जिल्लाभन्दा बढी नै बजेट आएको दावी उनले गरे । पार्टी अध्यक्ष रहेका प्रचण्डसमेत चितवनकै सांसद् भएकाले धेरै बजेट पार्न सफल भएको उनले बताए । सभापति पोखरेलले नयाँ कानूनको बारेमा संसोधन गर्नुपर्ने सांसद्हरु नै अनभिज्ञ रहेको बताए । आमसञ्चारमार्फत सचेत बनाउन आवश्यक रहेको उनले बताए । (प्रशिक्षार्थीः सुरक्षा न्यौपाने)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट