भरतपुर, २० कार्तिक
चितवनको दक्षिणी भेग माडी नगरपालिका–४ स्थित रातोमाटोमा रेडहिल पार्क बनाउन देउँसीभैलो खेलिने भएको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा पार्क बनाउन देउँसीभैलो खेल्ने निर्णय गरिएको छ ।
भरतपुरमा बस्दै आएका माडीका स्थानीयहरुको भेलाले पार्कका लागि आर्थिक संकलन गर्ने उद्देश्यले देउँसी भैलो खेल्ने निर्णय भएको सन्तोष तिवारीले जानकारी दिए । देउँसीभैलोलाई सफल रुपमा सम्पन्न गर्न माधव चापागाई संयोजक र शोभाखर भुषाल सचिव रहने गरि यो समिति समेत निर्माण गरिएको छ । देउँसीभैलो कार्यक्रम कार्तिक २० गतेदेखि नै सुरु भएको साँस्कृतिक संयोजक बालकृष्ण तिवारीले जानकारी दिए ।





