रत्ननगर, २० कार्तिक
ाष्ट्रिय सभाका सांसद एवम् राष्ट्रिय सरोकार एवम् समन्वय समितिकी सभापति पार्वती रावलले बाढीपिडित, भूमीहिन एवम् अव्यवस्थित रुपमा बसोबास गरिरहेकाकोे समस्यातत्काल समाधान गर्नुपर्ने बताएकी छिन् । कलिका–६ रेडक्रसग्राम चौरमा आयोजित सगुन महोत्सवको समापन कार्यक्रममा बोल्दै सभापति रावलले बसोबास गरिरहेकालाई सोही स्थानमा र बस्ने व्यवस्था नभएकालाई तत्काल व्यवस्था गरी राख्नुपर्ने समेत बताइन् ।
उनले जनताको जनअपेक्षा पूरा गर्ने तवरले स्थानीय, प्रदेश र केन्द्र सरकारले काम गर्नुपर्ने बताइन् । रावलले मेला, महोत्सवले स्थानीयस्तरमा भएका उत्पादनहरुको प्रवद्र्धन एवम् पर्यटकीय क्षेत्रको समेत प्रचारप्रसारमा सघाएको बताइन् । समापन कार्यक्रममा मुल समारोह समितिका संयोजक केशव लामा, सह संयोजक प्रेम कुमार श्रेष्ठ, कालिका नगरपालिकाका उपप्रमुख कमला भट्टाराई, नेकपाका नेता जयचन्द्र प्रसाद चौधरी, राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष प्रेम कुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । स्थानीय सगुनविकास समाज र वरपिपलमहिला समाजको आयोजनामाभएको महोत्सवमा १ सय ५० स्टल रहेका थिए ।





