तिनाउ विकास बैकद्वारा केन्द्रलाई सहयोग

रत्ननगर, १५ कार्तिक
तिनाँउ विकास बैकले आफ्नो स्थापना दिवसको अवसरमा गामवेशीको चेपाङ संरक्षण केन्द्रलार्ई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । तिनाउ विकास बैकं लिमिटेड ज्यामिरे शाखाले बैक स्थापनाको १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा चेपाङ्ग बालबालिकाहरुको लागि खाद्यान्न र शैक्षिक सामाग्री प्रदान गरेको हो ।
बैंकको ज्यामिरे शाखाले रत्ननगर नगरपालिका वडा नम्बर ११ मा रहेको गाँमवेसीको चेपाङ्ग संरक्षण केन्द्रमा रहेका १३२ जना चेपाङ्ग विद्यार्थीहरुको लागि चामल , तेल , कपी , कलम लगायतको शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बैकका शाखा प्रवन्धक रुद्रलाल भुषालको नेतृत्वमा गएका बैकँका कर्मचारीले चेपाङ संरक्षण केन्द्रका संचालक केपी किरण शर्मालाई २० हजार ५ सय बराबरको सामाग्री हस्तान्तरण गरेका हुन् । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै शाखा प्रवन्धक भूषालले बैंकले सामाजीक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष विभिन्न स्थानमा सहयोग गर्ने गरेको र यसबर्ष चेपाङ्ग संरक्षण केन्द्रमा सहयोग गरेको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट