उपाधि निश्चल र केवललाई

भरतपुर, २७ असोज
निश्चल बस्नेत र केवल न्यौपानेको टोलीले भरतपुर–२२, पटिहानीमा सम्पन्न प्रथम जीवन स्मृति खुल्ला ब्याटमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । पटिहानी युवा तथा खेलकुद परिषद् भरतपुर–२२, चितवनको आयोजनामा भएको प्रतियोगितामामा प्रेमदीप अधिकारी र केदार न्यौपानेको जोडीलाई २१–१० र २१–१५ को सोझो सेटमा निश्चल र केवलको जोडीले पराजित ग¥यो ।

शेरबहादुर मगर र क्याप्टेन हेमबहादुर तामाङको जोडीले तेस्रो स्थानमा चित्त बुझायो । पहिलो हुने निश्चल र केवलले ३५ किलोको खसीसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो हुने प्रेमदीप अधिकारी र केदार न्यौपानेको जोडीले २० किलोको बोकोसहित ट्रफी, मेडल र प्रमाणपत्र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य सीता पुन, पटिहानी युवा तथा खेलकुद परिषद्का सल्लाहकार समिति संयोजक रामहरि सेढाईं, जीवन स्मृति प्रतिष्ठानका संरक्षक एवं सल्लाहकार सदस्य धर्मराज महतो, भरतपुर–२२ का कार्यबाहक वडाध्यक्ष सोमबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरे । २९ वटा टिमको सहभागिता भएको सो प्रतियोगितामा पंकज चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताको समापन पटिहानी युवा तथा खेलकुद परिषद्का अध्यक्ष रामकृष्ण ढकालको अध्यक्षतामा भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट