न अन्त्य न आदि कथा जीवनवादी (कृति समीक्षा)

धनराज गिरी उपन्यास पढ्नु भनेको समाजभित्र प्रवेश गर्नु हो । आख्यानभित्र समाजकै चित्र उतार्ने कोसिस गर्दछ उपन्यासकार । ‘नया“ पुस्ताका लागि मात्र’ भन्ने ट्याग पाएका यतिखेरका बहुचर्चित सफल आख्यानकारहरु हुन अश्विनी कोइराला र सुविन भट्टराई । यी दुवै ‘बेस्ट सेलर’ हुन् नेपाली पाठक बजारमा । ‘लेखेर बा“च्न सकिन्छ’ भन्ने मान्यता स्थापित गर्न गाह्रो छ । […]

उपाधि निश्चल र केवललाई

भरतपुर, २७ असोज निश्चल बस्नेत र केवल न्यौपानेको टोलीले भरतपुर–२२, पटिहानीमा सम्पन्न प्रथम जीवन स्मृति खुल्ला ब्याटमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । पटिहानी युवा तथा खेलकुद परिषद् भरतपुर–२२, चितवनको आयोजनामा भएको प्रतियोगितामामा प्रेमदीप अधिकारी र केदार न्यौपानेको जोडीलाई २१–१० र २१–१५ को सोझो सेटमा निश्चल र केवलको जोडीले पराजित ग¥यो । शेरबहादुर मगर र क्याप्टेन […]

नवचन्द्रमा उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा चापागाई

भरतपुर , असोज २७ । नवचन्द्रमा उपभोक्ता सहकारी संस्था लि मा कृष्ण प्रसाद चापागाईको अध्यक्षतामा नयाँ कार्य समिति चयन भयको छ ।शनिबार भयको दशौ साधारणसभा तथा पाँचौ अधिबेशनबाट   संस्थाको उपाध्यक्षमा सम्झना रेग्मी , सचिवमा पुर्णकान्त कोईराला , कोषाध्यक्षमा विष्णुप्रसाद सापकोटा  चयन हुनुभएको छ । संस्थाको सदस्य  शकर भक्त अधिकारीको  संयोजकत्वमा ३ सदस्यीय लेखासमिति चयन गरिएको छ ।   कार्यक्रममा सामुदायिक […]

प्रेस युनियन चितवनको अध्यक्षमा ढकाल निर्वाचित

भरतपुर, २७ असोज । नेपाल प्रेस युनियन चितवनको आठौँ जिल्ला अधिवेसनबाट अनिल ढकाल निर्वाचित भएका छन् । युनियनको सचिवका रुपमा जिम्मेवारी सम्हालिसकेका ढकाल एपिवान टेलिभिजन तथा अन्नपूर्ण पोष्टमा आवद्ध हुन् । शनिबार भएको मतदानमा उनले प्रतिद्वन्दी पूर्णप्रसाद शर्मालाई १ सय २० को मतान्तरले पराजित गरेका हुन् । ढकालले १ सय ४८ र शर्माले २८ मत […]

ताली र गाली कुनैपनि सर्जकको लागि अभिष्ट भोजन हो

मनोज चौधरीलाई हामीले कायाकैरन दैनिकमा असोज महिनाको पाहुनाका रूपमा प्रस्तुत गरिरहेका छौं । अघिल्ला अंकहरुमा यिनका कविता, संस्मरणलगायत सामग्रीमार्फत यिनको समग्र लेखनीलाई नियाल्ने कोसिस ग¥यौं । पेशाले कम्प्युटर शिक्षक चौधरीले फोटोग्राफी र भिडियोग्राफी व्यवसायलाई पनि सँगसँगै चलाएका छन् । पेशा र जागिरबाट बचेको समयलाई साहित्य साधनामा लगाउने उनी गजल, कविता र आख्यान लेखनमा विशेष चाख […]

दुर्घटनामा तीनको मृत्यु

धादिङ, २७ असोज (रासस) ः पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबार्ट चकमके जाँदै गरेको बा५ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको […]

व्यवसायीको कर व्यवसायीलाई नै फिर्ता

प्रमिता ढकाल भरतपुर, २७ असोज / भरतपुर महानगरपालिकाले व्यवसायीसँग लिने व्यवसाय करको ५ प्रतिशत रकम चौमासिकरुपमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनलाई उपलब्ध गराउने भएको छ । शुक्रबार महानगर प्रमुख रेनु दाहाल र उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै व्यवसायीले बुझाएको कर व्यवसायीलाई नै फिर्ता आउने भएको हो । सम्झौताअनुसार उपलब्ध हुने ५ […]

संविधानका अधिकार कार्यान्वयन हुन सकेनः देउवा

भरतपुर, २७ असोज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भएपनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनद्वारा शुक्रबार भरतपुरमा आयोजित ‘प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र’ भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता देउवाले संविधानले सम्पूर्ण नेपालीको अधिकारको व्यवस्था गरेको र कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण कुरा भएकामा जोड दिए […]

रत्ननगर खानेपानीमा पौडेल निर्वाचित

ध्रुवराज खनाल रत्ननगर, २७ असोज रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा भीष्मराज पौडेल निर्वाचित भएका छन् । संस्थाको अधिवेशनअन्तर्गत बिहीबार राति अबेर सकिएको मतगणनाअनुसार अध्यक्षमा पौडेल ३२ मतान्तरले विजयी भएका हुन् । कूल खसेको ४ सय ४८ मतमध्ये विजयी पौडेलले २ सय ३० र उनका प्रतिद्वन्द्वी विश्वनाथ खनालले १ सय ९८ मत प्राप्त गरेको […]

अद्वैतको सत्संग

भरतपुर, २७ असोज अद्वैत संस्था गंगाज्योति सत्संग मन्दिरको आयोजनामा अद्वैत महाविद्यालय परिसर भरतपुर–२, क्षेत्रपुरमा शुक्रबार नारायणी अञ्चलस्तरीय सत्संग सम्पन्न भएको छ । सत्संगमा देवघाटका पिठाधीश पण्डित विष्णुप्रसाद सरस्वतीले ब्रह्मज्ञानी जगतगुरु क्षितिशचन्द्र चक्रवर्तीद्वारा लिखित नेपाली वेद गीतामृतको पाठवाचन गर्दै मानव जीवनमा पुण्य प्राप्तिका लागि कठिन तपस्या आवश्यक रहेको बताए । देवयज्ञ, पितृयज्ञ, मनुस्ययज्ञ, भूतयज्ञ र ब्रम्हयज्ञबाट […]