कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका एस ई ई मा राम्रो नतिजा ल्याउने शेयर सदस्यका परिवारबाट समिक्षा कोईराला र सृजन पौडेललाई पुरस्कृत गरिएको थियो । यस्तै असल बचतकर्ता निर्मला सापकोटा , असल ऋणि लगायत ५ विधामा शेयर सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको आर्थिक प्रतिवेदन संस्थाका विष्णुप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम जिल्ला सहकारी संघका चितवनका अध्यक्ष टिकाराम भट्टराईको प्रमुख आतिथ्य एवम् संस्थाका अध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्ष्तामा सम्पन्न भएको थियो ।





