सेवा प्रभावकारी बनाउन मेयरको निर्देशन

खैरहनी,२० असोज ।खैरहनी नगरपालिकाले एआई (कृत्रिम गर्भाधान) इन्सिमेनेटर प्राविधिकलाई सेवा प्रभावकारी वनाउन निर्देशन दिएको छ । खैरहनी नगरपालिका पशु सेवा शाखाले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख लालमणि चौधरीले कृत्रिम गर्भाधान प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
“सानातिना लापरबाहीले गर्दा किसान पीडित हुन्छन्”, नगर प्रमुख चौधरीले भने, “पशुपालन गरेरै घर खर्च टार्ने भएकाले किसानले पाउने सेवा, सुविधा, सरल प्रभावकारी बनाउनुपर्छ ।” नगरपालिकाले प्रदान गर्ने सहयोग नगरभित्रकै किसानले मात्रै पाउने गरी काम गर्न नगर प्रमुख चौधरीले आग्रह गरे । असल जातको नश्ल सुधार गरे किसानको आयआर्जन हुने भएकाले पनि प्रभावकारी काम गर्न उनले सुझाव दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले नाइट्रोजन, रेफ्री, सिमेनलगायत सामान नगरपालिकाले उपलब्ध गराउने उल्लेख गर्दै किसानले सहजरुपमा प्राप्त गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा एआई इन्सिमेनेटर प्राविधिकहरुले पर्याप्त सिमेनको व्यवस्था गर्नुपर्ने, एआई तालिमको व्यवस्था गर्नुपर्ने, अस्वस्थ प्रतिस्पर्धालाई रोक्नुपर्नेलगायत माग राखेको पशु सेवा शाखा प्रमुख रुद्रकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नगरभित्र रहेका १२ जना एआई इन्सिमेनेटर प्राविधिकको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट