नौ स्रस्टालाई सरस्वती सम्मान

गैंडाकोट, २० असोज । नवलपरासी र चितवन जिल्लामा रहेर लामो समयदेखि नेपाली कला, साहित्य र संस्कृतिको प्रवद्र्धनका लागि कलम चलाइरहेका स्रस्टालाई सम्मान गरिएको छ । गैंडाकोटस्थित सरस्वती निकेतन आवासीय माविले आफ्नो स्थापनाको रजत वर्ष मनाउने क्रममा स्रस्टाहरुलाई सम्मान गरिएको कार्यक्रम संयोजक भानुभक्त सापकोटाले जानकारी दिए । सम्मानित हुनेहरुमा यस क्षेत्रमा निकै लामो समयदेखि साहित्य र […]
‘सोचेभन्दा राम्रो प्रतिक्रिया पाएको छु’

पुस्तक वार्ता ‘अप्रिल फुल’ कस्तो उपन्यास हो ? यो प्रेमिल उपन्यास हो । यसले प्रेम बोलेको छ, यसमा प्रेम बगेको छ । यति भनिरहँदा अप्रिल फुले सामाजिक विषय, घटनाक्र्रम, यथार्थता पनि बोकेको छ । त्यसैले समग्रमा भन्नुपर्दा यो बहुआयामिक छ । यसमा हरेकले आफ्नो व्यक्तिगत तथा सामाजिक कथा पाउनुहुनेछ । त्यसैले यो सबैको आफ्नै उपन्यास […]
सद्भावको सौन्दर्य (अनुभूति)

धनराज गिरी सभ्यता, शिष्टता, नम्रता, भद्रता, मीठो बोली वचन मानव जीवनका गहनाहरु हुन् । संसारको जुनसुकै भूगोलमा मुस्कानको आफ्नै मूल्य हुन्छ । मानिसको अनुहार पहिलो विज्ञापन हो । केही नभन्दा पनि अनुहारले, आँखाले धेरै कुराहरु भनिरहेका हुन्छन् । उपेक्षाभाव बच्चाले पनि थाहा पाउँछ । मानव मात्र होइन जनावरमा पनि यो ‘सेन्स’ हुन्छ । अनुभव गरेको […]
फोनिज चितवनको साधारणसभा

भरतपुर,२० असोज ।आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको सातौं वार्षिक साधारणसभा शुक्रबार गरिएको छ । पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले जनजाति पत्रकारको क्रियाशीलता तारिफयोग्य रहेको बताए । महासंघका अध्यक्ष खतिवडाले जनजाति पत्रकारको क्षमता बिकास र प्रोत्साहनका लागि सधैं सहयोग गर्न तत्पर रहेको उल्लेख गरे । उनले पत्रकारितामा अब्बल सम्भावना […]
सेवा प्रभावकारी बनाउन मेयरको निर्देशन

खैरहनी,२० असोज ।खैरहनी नगरपालिकाले एआई (कृत्रिम गर्भाधान) इन्सिमेनेटर प्राविधिकलाई सेवा प्रभावकारी वनाउन निर्देशन दिएको छ । खैरहनी नगरपालिका पशु सेवा शाखाले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख लालमणि चौधरीले कृत्रिम गर्भाधान प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । “सानातिना लापरबाहीले गर्दा किसान पीडित हुन्छन्”, नगर प्रमुख चौधरीले भने, “पशुपालन गरेरै घर खर्च टार्ने भएकाले किसानले […]
मिचाहा झारले मासिंदै सामुदायिक वन

प्रमिता ढकाल/कायाकैरन भरतपुर,२० असोज ।भरतपुर–१६ मा रहेको सिद्धिगणेश सामुदायिक वनको आधाभन्दा बढी हिस्सा मिचाहा झारले अतिक्रमण गरेको छ । कूल १०३.५ हेक्टर क्षेत्रफल रहेको सिद्धिगणेश सामुदायीक वनलाई विभिन्न नमूना प्लटमा विभाजन गरी गरिएको अनुसन्धानले वनमा मिचाहा झारको अतिक्रमण बढेको देखिएको हो । सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था नेपालले वनलाई विभिन्न नमूना प्लटमा विभाजन गरी ३ […]
उपभोक्ता खोज्छन् लोकल : बजारभरि भारतका खसीबोका

विप्लव काफ्ले/कायाकैरन भरतपुर,२० असोज। चाडबाडलाई लक्षित गरेर चितवनमा भारतीय खसीबोका भित्रिने क्रम बढेको छ । सुनौली नाका हँुदै भित्रिएका खसीबोका चितवनका मासु पसलमा बिक्री गर्न करिब एक दर्जन एजेण्टहरु सक्रिय बनेका छन् । गतवर्षको तुलनामा यसवर्ष भन्सार तथा अन्य करमा भएको वृद्धिसँगै आयात गर्दा मूल्यसमेत बढी तिर्नुपरेको व्यवसायी बताउँछन् । ६ वर्ष पहिले गठन भएको […]
पप्पुका मालिकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,२० असोज ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद् हरिनारायण रौनियार, उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेकोलगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । […]
चाडबाड लक्षित विशेष सुरक्षा योजना, ९ समूहमा ४५६ प्रहरी परिचालन

विप्लव काफ्ले/कायाकैरन भरतपुर,२० असोज ।जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्वमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न १ सय ६ वटा टोली परिचालन गर्ने भएको छ । भयरहित वातावरणमा चाडपर्व बनाउन बिहीबारदेखि ‘विशेष सुरक्षा योजना’ लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले कामको बाँडफाँट गरेर सुरक्षा टोली खटाइएको बताए । […]
२०७५ असोज २० गते शनिवार
