खैरहनीमा लार्भा नष्ट अभियान सुरु

ध्रुवराज खनाल/कायाकैरन
खैरहनी,६ असोज । डेंगेको संक्रमण हुन नदिन चितवनको खैरहनीमा लामखुट्टेको बासस्थान खोजी लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । खैरहनी नगरपालिकाको आयोजनामा बजार क्षेत्रमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुक्रबारदेखि सुरु गरिएको हो ।
तीन दिनसम्म चल्ने अभियानमा खैरहनी नगरपालिकाको वडा नम्बर १, २, ६, ८ र ९ मा अभियान सञ्चालन हुनेछ । त्यसका लागि सम्बन्धित वडाका महिला स्वयंसेविका, स्वास्थ्यचौकी प्रमुख, प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीका चिकित्सक, स्वास्थ्य शाखाका कर्मचारी अभियानमा खटेका खैरहनी नगरपालिकाको स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले जानकारी दिए । उनीहरुले ती वडाका घरघर, ग्यारेज तथा होटलमा पुगी लामखुट्टेको लार्भा भए÷नभएको अनुगमन गर्दै लार्भा देखिए सम्बन्धित व्यक्तिलाई सचेतना दिई नष्ट गर्नेछन् । “चालु आर्थिक वर्षको दुई महिनामा यहाँ डेंगेका विरामी देखिएका छैनन्”, स्वास्थ्य शाखा सहसंयोजक शर्माले भने, “डेंगे रोग नदेखियोस् भनेर लार्भा खोजी नष्ट गर्ने काम सुरु गरेको हौं ।”
साउन, भदौ, असोज र कात्तिक लामखुट्टेका लागि उपयुक्त मौसम हो । यी महिनामा लामखुट्टे लार्भाको वृद्धि विकास गर्ने गर्छ । मंसिरपछि चिसो हुने भएकाले लामखुट्टे विस्तारै निष्क्रिय हुन्छ । एडिस एजिप्टाई नामक पोथी लामखुट्टेले साँझ र बिहानीपख टोकेमा डेंगे रोग लाग्दछ । सो लामखुट्टेले टिन, टायर, गमला, फ्रीज, प्लास्टिकका भाडामा जमेको सफा पानीमा लार्भा हुर्काउने भएकाले त्यस्तो पानी सफा गर्नु नै यो रोगबाट वच्ने एक मात्र उपाय हो ।
चालु आर्थिक वर्षको दुई महिनामा खैरहनीमा डेंगेको संक्रमण देखिएको छैन । गतवर्ष ३ जनामा डेंगे देखिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनमा चालु आर्थिक वर्षमा ४ जनालाई डेंगेको संक्रमण देखिएको छ । चितवन जिल्लामा ६ सय ५० जनाको रगत परीक्षण गरिएपनि ९ जनामा डेंगे रोग फेला परेको हो । जसमध्ये ४ जना चितवन र बाँकी अन्यत्र जिल्लाका बिरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिए ।
वि. सं. २०६७÷६८ मा डेंगेले महामारीको रुप लिदा ५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७३÷०७४ मा डेंगेले पुन महामारीको रुप लिँदा खैरहनीका १ बालिकाले ज्यान गुमाउनुपरेको थियो भने ८३ जना यसका संक्रमण भेटिएका थिए ।
,,,,,,,,,,,,,,,,,,,,,,,

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट