माध्यमिक तह स्तरीय मुक्तक प्रतियोगितामा स्वरुपा गुरागाईं प्रथम

मकवानपुर, १९ जेठ ।

माध्यमिक तह स्तरीय मुक्तक प्रतियोगितामा हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयकी स्वरुपा गुरागाईं प्रथम भएकी छन् । मुक्तक मञ्च मकवानपुरको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको प्रवर्द्धनमा मंगलबार आयोजित प्रतियोगितामा गुरागाईं प्रथम भएकी हुन् ।

प्रतियोगितामा हेटौँडा–५ स्थित जीएस निकेतनकी नित्यश्री अधिकारी द्वितीय तथा हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयकी रोशिका भट्टराई तृतीय स्थान हासिल गर्न सफल भइन् । प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूले क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी, सान्त्वना स्थान हासिल गर्न सफल हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल स्कूलकी अनसुया खनाल र अमर माध्यमिक विद्यालयकी समृद्धि बर्तौलाले जनही १ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले ‘असल समाज निर्माणमा विद्यार्थीको दायित्व एवं जिम्मेवारी’ विषयमा आधारित मुक्तक प्रस्तुत गरेका थिए ।

मुक्तक मञ्चको ३४औँ मुक्तक वाचन शृङ्खलाअन्तर्गत उक्त प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रम मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको सभाध्यक्षता तथा हेटौँडा–१ का वडाध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट