माध्यमिक तह स्तरीय मुक्तक प्रतियोगितामा स्वरुपा गुरागाईं प्रथम

मकवानपुर, १९ जेठ । माध्यमिक तह स्तरीय मुक्तक प्रतियोगितामा हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयकी स्वरुपा गुरागाईं प्रथम भएकी छन् । मुक्तक मञ्च मकवानपुरको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको प्रवर्द्धनमा मंगलबार आयोजित प्रतियोगितामा गुरागाईं प्रथम भएकी हुन् । प्रतियोगितामा हेटौँडा–५ स्थित जीएस निकेतनकी नित्यश्री अधिकारी द्वितीय तथा हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयकी रोशिका भट्टराई तृतीय स्थान हासिल […]
रत्ननगर वाङ्मय प्रतिष्ठानको चौथो वार्षिक साधारण सभा सम्पन्न

चितवन, १९ जेठ । रत्ननगर नगरपालिकाको आयोजनामा रत्ननगर वाङ्मय प्रतिष्ठानको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । वाङ्मय सभाका अध्यक्ष तथा रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्य, भाषा तथा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो । कार्यक्रममा नगर उपप्रमुख यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, रत्ननगर वाङ्मय प्रतिष्ठानका […]
फालिएका प्लास्टिकका बोतलबाट चराचुरुङ्गीलाई पानी

नेपालगन्ज, १९ जेठ । नेपालगन्जका केही युवाले चराचुरुङ्गीको संरक्षण र वातावरणीय सचेतनासँग जोडिएको एक सानो तर अर्थपूर्ण अभियान सुरु गरेका छन् । नेपालगन्ज ग्यालरीका एड्मिन महेश श्रेष्ठको पहलमा प्रयोगपछि फालिएका प्लास्टिकका बोतल पुनः प्रयोग गरी चराचुरुङ्गीका लागि पानी राख्ने व्यवस्था गरिएको हो । शनिबार सुर्खेत रोडको सडकबीचमा रहेका रुखहरूमा पानी भरिएका प्लास्टिकका बोतल झुन्ड्याइएको थियो […]