रत्ननगर वाङ्मय प्रतिष्ठानको चौथो वार्षिक साधारण सभा सम्पन्न

चितवन, १९ जेठ ।
रत्ननगर नगरपालिकाको आयोजनामा रत्ननगर वाङ्मय प्रतिष्ठानको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । वाङ्मय सभाका अध्यक्ष तथा रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्य, भाषा तथा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे, रत्ननगर–३ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक सोहेन्द्रराज खरेल, रत्ननगर–६ का वडाध्यक्ष किरण महतो, कार्यपालिका सदस्यद्वय देवेन्द्रबहादुर भुजेल र राजेन्द्र हमाललगायतको उपस्थिति रहेको थियो ।

साधारण सभामा प्रतिष्ठानका गतिविधि, आगामी योजना तथा साहित्यिक एवं सांस्कृतिक क्षेत्रको प्रवर्द्धनका विषयमा विचार आदानप्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण वाङ्मय प्रतिष्ठानका सचिव विश्वनाथ खनालले गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट