फालिएका प्लास्टिकका बोतलबाट चराचुरुङ्गीलाई पानी

नेपालगन्ज, १९ जेठ ।
नेपालगन्जका केही युवाले चराचुरुङ्गीको संरक्षण र वातावरणीय सचेतनासँग जोडिएको एक सानो तर अर्थपूर्ण अभियान सुरु गरेका छन् । नेपालगन्ज ग्यालरीका एड्मिन महेश श्रेष्ठको पहलमा प्रयोगपछि फालिएका प्लास्टिकका बोतल पुनः प्रयोग गरी चराचुरुङ्गीका लागि पानी राख्ने व्यवस्था गरिएको हो ।

शनिबार सुर्खेत रोडको सडकबीचमा रहेका रुखहरूमा पानी भरिएका प्लास्टिकका बोतल झुन्ड्याइएको थियो । बोतलको बीच भाग काटेर चराहरू सहज रूपमा बसेर पानी पिउन सक्ने गरी संरचना तयार पारिएको थियो ।
अभियानका नेतृत्वकर्ता महेश श्रेष्ठले खेर जाने प्लास्टिकका बोतलको सदुपयोग गर्दै गर्मीका बेला चराचुरुङ्गीलाई पिउने पानी उपलब्ध गराउने उद्देश्यले अभियान थालिएको बताए । उनका अनुसार यसले एकातिर वातावरणमा फालिने प्लास्टिकको पुनः प्रयोगलाई प्रोत्साहन गर्नेछ भने अर्कोतर्फ चराचुरुङ्गी संरक्षणमा पनि योगदान पुग्नेछ ।

स्थानीय युवाको सक्रियतामा सुरु गरिएको यस अभियानलाई सर्वसाधारणले समेत सकारात्मक रूपमा लिएका छन् । अभियानलाई आगामी दिनमा नेपालगन्जका अन्य क्षेत्रहरूमा पनि विस्तार गर्ने तयारी गरिएको जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट