४३२ जना असई उत्पादन

भरतपुर,२६ साउन्।

देशभरबाट शुक्रबार ४३२ जना प्रहरी सहायक निरीक्षक (असई) उत्पादन भएका छन् । तालिममा सफल बनेका असईलाई गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेतको उपस्थितिमा दीक्षित गरिएको छ ।
तालिमका क्रममा केही असईहरु बिरामी परेका थिए भने केहीलाई बर्खास्त गरिएको थियो । एकजनाको भने तालिमकै क्रममा मृत्युसमेत भएको थियो । चितवनस्थित शिक्षालयबाट ४३२ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । शिक्षालयमा सञ्चालित प्रहरी सहायक निरीक्षकको १७४ औं समूहको आधारभूत तालिम पूरा गरेका ४३२ जना प्रहरी शुक्रबार एकैचोटी दीक्षित भएर कार्यक्षेत्र प्रवेश गरेका हुन् ।
प्रहरी सहायक निरीक्षक पदमा भर्ना भएका ४४१ जना प्रशिक्षार्थीहरुमध्ये जम्मा ४३२ जना मात्रै दीक्षित भए । भर्ना भएकामध्ये ४ जना बिरामी भएर तालिममा सहभागी हुन नसकेको शिक्षालयले जानकारी दिएको छ । त्यसैगरी ४ जना बर्खास्त भएका छन् भने १ जनाको तालिमकै क्रममा मृत्यु भएको छ । दीक्षित हुने असईहरुमा ४१८ जना पुरुष र १४ जना महिला प्रहरी छन् ।
भरतपुरस्थित शिक्षालयमा सञ्चालित प्रहरी सहायक निरीक्षकको १ सय ७४ औ समूहको आधारभूत तालिम पूरा गरेका दीक्षित भएर कार्यक्षेत्र प्रवेश गरेका हुन् । कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री थापाले समाजमा महिला, दलित, सीमान्तकृत वर्गलगायत समुदायप्रति हुने गरेका अमानवीय घटनाका पीडकलाई दण्डित गर्ने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहने बताए । राज्य पुनःसंरचनाको कार्य संक्रमणमा नै रहेको अवस्थामा विखण्डनकारी र राज्यप्रणालीप्रति असन्तुष्टहरुले सामाजिक सद्भावमा खलल पु¥याउन सक्नेछन् भन्दै गृहमन्त्रीले प्रहरीले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रुपमा त्यस्तालाई कारवाही गर्न कुनै कसर बाँकी राख्न नहुने बताए ।
आगामी भदौ १ गतेदेखि लागू हुने नयाँ कानूनी व्यवस्थालाई ध्यानमा राखी कानूनी रुपान्तरणको अवस्थामा यसको प्रभावकारी कार्यान्वयन गर्न प्रहरी लाग्नुपर्ने उनले बताए । सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा साकार पार्न प्रहरी कर्मचारी सामूहिक र समर्पितरुपमा कानूनसम्मत तरिकाले लाग्नुपर्ने उनले बताए । ‘तालिममा पसिना बगाउनेहरुले कार्यक्षेत्रमा रगत बनाउँछ’ भन्ने नेपाल प्रहरीको आदर्शलाई सिद्ध गर्दै तालिममा प्राप्त गरेका ज्ञान र दक्षताबाट नागरिकको सेवामा लाग्न उनले दीक्षित प्रहरीलाई निर्देशन दिए । “प्रहरी सधैँ नागरिकमैत्री हुनुपर्छ, ऊ प्रत्येक नागरिकको सहज पहुँचमा हुनुपर्छ”, उनले भने ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनताको सुरक्षामा प्रतिबद्ध भएर लाग्न निर्देशन दिँदै भने, “आफ्नो व्यावसायिक भविष्य संगठनभित्रै खोज्नुहोस्, बाहिर नखोज्नुहोस् ।” प्रहरी महानिरीक्षक खनालले दीक्षित भएका प्रहरी सहायक निरीक्षकलाई नागरिकको प्रहरीप्रतिको विश्वास र सामिप्यतालाई अझ प्रगाढ बनाउने गरी कार्यक्षेत्रमा काम गर्न निर्देशन दिएका हुन् । दीक्षित हुनेमा ४ सय १८ जना पुरुष र १४ जना महिला प्रहरी रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट