विसंगतिमुक्त वडा बनाउने अभियान

रत्ननगर,२६ साउन ।

रत्ननगर नगरपालिका वडा नम्बर १५ लाई विकृति, विसंगतिमुक्त वडा निर्माणका लागि अभियान सुरु गरिएको छ । वडाभित्र लागूऔषध र जुवातासका कारण समाजलाई पुग्ने असर न्यूनीकरण गर्दै शान्त र समुन्नत वडा बनाउने उद्देश्यका साथ वडा कार्यालयले यो अभियानको सुरुआत गरेको हो ।
अभियानको शुभारम्भ गर्दै रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दुवाडीले विकृति र विसंगतिले समाजलाई पिरोलिरहेको सन्दर्भमा वडा कार्यालयले सुरुआत गरेको अभियान नमूना बन्ने बताइन् । “विकृति र विसंगति भयावह छ”, यसले समाजलाई प्रत्यक्ष असर गरेको छ”, नगर उपप्रमुख दुवाडीले भनिन्, “वडा कार्यालयले सुरुआत गरेको अभियानमा सबैको सक्रिय सहभागिता हुनुपर्छ, जसले नमूना वडा बनाउन मद्धत पुग्दछ ।”
महिला र पुरुष दुवैबाट विकृति फैलिरहेको उनको भनाइ थियो । प्रहरी सहायक निरीक्षक सयजित पासवानले छोराछोरीप्रति अभिभावकले निगरानी गर्नुपर्ने बताए । वडाध्यक्ष हुमनाथ लामिछानेको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा समाजसेवी आशीष तामाङ, द्रोण लामिछाने, दण्डपाणि लामिछाने, शिवालय टोलकी अध्यक्ष रेणु ढकाल, वडा सदस्यहरु रामकृष्ण खड्का, रामबहादुर लामा, शिक्षाप्रेमी रमेश लामिछानेलगायतले विकृति, विसंगतिमुक्त वडा बनाउने अभियानमा सक्रिय सहभागिता रहने प्रतिबद्धता जनाए ।


रत्ननगर–१५ का वडाध्यक्ष लामिछानेका अनुसार यो अभियानअन्तर्गत नसालु पदार्थ सेवनको अन्त्य, जुवातासको अन्त्य, चेलिबेटी बेचविखन रोक, विद्यालय क्षेत्रबाट २ सय मिटरसम्म मध्यपान र धूमपान निषेधित क्षेत्र घोषणा, मादक पदार्थको बेचबिखनको समय निर्धारणलगायतलाई आधार मानेर विकृति विसंगतिमुक्त वडा घोषणा गरिने छ । विकृति विसंगतिमुक्त वडाका लागि एक समितिसमेत गठन गरिएको वडासचिव सन्तोष थापाले जानकारी दिए । समितिको संयोजकमा रामबहादुर लामा तथा भोजराज लामिछाने, चेकमान वाइबा, होमप्रसाद भट्ट, दिनेश घलान, राधिका ढकाल, गोपाल नेपाल, ठाकुर पन्त, मनिषा विक, सूर्य लो र जीवन घलान सदस्य रहेका वडा सचिव थापाले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट