भरतपुर,२६ साउन ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढ चितवनले शुक्रबार उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी अष्ट्रेलियन शिक्षाबारे निःशुल्क जानकारी प्रदान गरेको छ ।
एक्सपर्ट कार्यालय लायन्सचोकमा विशेषगरी कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई लक्षित गरी अष्ट्रेलियाको शिक्षा, नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा सहजता, विषय छनौटलगायतका बारेमा एक्सपर्ट अष्ट्रेलियाका सीईओ सञ्जीव शर्माले विद्यार्थीहरुलाई जानकारी दिएका थिए । यस्तै विद्यार्थीहरुलाई ब्राईटन कलेज, फेडेरेशन युनिभिर्सिटी र होम्स इन्स्टिच्युटका प्रतिनिधिहरुले छुट्टाछुट्टै काउन्सिलिङ गरेका थिए ।
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई सहज होस् भनी फ्रि इन्फरमेशन सेसन (निःशुल्क जानकारी) कार्यक्रम गरिएको एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । यसैबीच शुक्रबार नै एक्सपर्ट रत्ननगरमा समेत विद्यार्थीहरुलाई अष्ट्रेलियन शिक्षाबारे निःशुल्क जानकारी गराइएको छ । सो कार्यक्रममा पनि विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो ।





