२८ बर्ष पछि ईङल्याण्ड विश्वकप फुटबलको सेमीफाईनलमा

२४ असार ।
स्वेडेनलाई २-० गोलले पराजित गर्दै ईङल्याण्डले विश्वकप फुटबलको सेमीफाईनलमा स्थान पक्का गरेको छ।

स्विडेनको तुलनामा ईङल्याण्ड राम्रो लयमा देखिएको थियो। लयसँगै खेलडीहरु संगठित पनि देखिएका थिए। बल आफ्नो पक्षमा राख्दै आफ्नो अनुकुल खेल खेलेको ईङल्याण्डले स्विडेनलाई खेलको कुनै पनि क्षेत्रमा हावी हुन दिएको थिएन।

खेलको ३०औं मिनेटमा एस्ले योंगले प्रहार गरेको कर्नरमा ह्यारी मग्वायरले टाउको मार्फत गोल गरेका थिए। त्यसैगरि दोस्रो गोल डेले अलीले गरेका थिए। उनी ईङल्याण्डकालागि २०१८को विश्वकपमा गोल गर्ने पाँचौं खेलाडी हुन।

अन्तिम पटक सन् १९९०को विश्वकप फुटबलको सेमीफाईनल पुगेको ईङल्याण्डलाई विश्वकप फुटबलमा सेमीफाईनलको यात्रा गर्न २८ बर्ष लागेको छ। यसअघि सन् १९६६मा ईङल्याण्ड सेमीफाईनल पुगेको थियो। उक्त विश्वकप ईङल्याण्डले जितेको थियो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट