फुजेल हत्याकाण्डका मूख्य अभियुक्त पौडेलले गरे आत्मसमर्पण

२४ असार । फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण लगत्तै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका उनलाई चितवन जिल्ला अदालतले ४ वैशाख २०७१ धरौटीमा छाडेको थियो । तर, पुनरावेदन अदालतले त्यसलाई सदर गर्यो तर, सर्वोच्चले उक्त आदेशलाई बदर गरेको थियो । सर्वोच्चले ६ […]
नीतिगत कार्यहरु जनताले देख्दैनन् – लामा

पूर्वी चितवन स्थित राप्ती नगरपालिका वडा न. ४ का वडा अध्यक्ष हुन शमशेर लामा। युवा जोश अनि जागर उत्साह उमंग लिएर विकास निर्माणका कार्यक्रमहरु गरेर स्थानीय जनताहरुको मन जित्त्न सफल लामा राप्ती नगरपालिका भित्रकै जुझारु वडा अध्यक्ष हुन् । उनै वडा अध्यक्ष शमशेर लामासंग समसामयिक विषयसंग केन्द्रित रहेर मनोज पन्तले गरेको कुराकानी । शमशेरजी स्वागत […]
दुर्घटनाले बदलिएको बाटो

विप्लव काफ्ले/कायाकैरन भरतपुर, २४ असार । सवारी दुर्घटनाबाट नयाँ जीवन पाएका माडी–४ खैरहनीका अर्जुन भुषाल सामाजिक अभियानमा सक्रिय छन् । ३ वर्ष पहिले मोटरसाइकल दुर्घटनामा उनको देब्रे खुट्टामा गम्भीर चोट लाग्यो । झण्डै १ महिना अस्पतालमा बसे । ३ महिना बैशाखीको सहारा लिए । “दुर्घटनामा परेर बाँचेपछि समाजकै सेवामा लाग्ने सोच आयो”, उनले अनुभव सुनाउँदै […]
सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी

२४ असार ः सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । शनिबार साँझ सम्पन्न मतपरिणामअनुसार अधिकारीले ३०३ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत नारायणप्रसाद प्रसाईंले जानकारी दिनुभयो । यस्तै उपाध्यक्षमा राजु खड्का, सचिव शुभनराज आचार्य, सहसचिव पूर्णिमा रिमाल […]
तीन दिनसम्म देशैभर बदली तथा वर्षा

२४ असार । आगामी तीन दिनसम्म देशैभर बदली तथा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो । आज दिउँसो देशका पूर्वी र पश्चिम क्षेत्रका भू–भागमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र […]
रसियाको विश्वकप यात्रा समाप्त, क्रोएसिया सेमीफाईनलमा

२४ असार । आयोजक रसिया विश्वकप फुटबलको क्वार्टरफाईनलबाट बाहिरिएको छ। क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित हुँदै बाहिरिएको हो। निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट १-१ गोल भएपछि खेल थप समयमा गएको थियो। खेलको ३१औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए। क्रोएसियाका आन्द्रेज क्रामारिचले ३९औं मिनेटमा गोल गर्दै खेल १-१को बराबरीमा पुर्याएका […]
२८ बर्ष पछि ईङल्याण्ड विश्वकप फुटबलको सेमीफाईनलमा

२४ असार । स्वेडेनलाई २-० गोलले पराजित गर्दै ईङल्याण्डले विश्वकप फुटबलको सेमीफाईनलमा स्थान पक्का गरेको छ। स्विडेनको तुलनामा ईङल्याण्ड राम्रो लयमा देखिएको थियो। लयसँगै खेलडीहरु संगठित पनि देखिएका थिए। बल आफ्नो पक्षमा राख्दै आफ्नो अनुकुल खेल खेलेको ईङल्याण्डले स्विडेनलाई खेलको कुनै पनि क्षेत्रमा हावी हुन दिएको थिएन। खेलको ३०औं मिनेटमा एस्ले योंगले प्रहार गरेको कर्नरमा […]
माग पूरा नभए मर्न तयार छु -डा. केसी

२४ असार । डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कर्णालीमै मर्न तयार रहेको बताएका छन् । स्वास्थ्य शिक्षा सुधारका मागसहित अघिल्लो शनिबारदेखि आमरण अनशन बसेका केसीले कर्णालीका जनता र विद्यार्थीमाथि सरकारले खेलबाड गरिरहेको बताए । ‘राज्यले कर्णालीका जनताको स्वास्थ्य र शिक्षामा ध्यान नदिएकाले आमनेपालीको ध्यान केन्द्रित गर्न पवित्र भूमि कर्णालीमा मर्न तयार छु,’ उनले […]
घरधनीको मनपरी हटेन : व्यवसायी

विप्लव काफ्ले/कायाकैरन भरतपुर,२४ असार । अधिकाँस व्यवसायीले घर वा सटर भाडामा लिएर व्यवसाय चलाउँदै आएका छन् । घरधनी र घरबहालवालाबीच बेलाबखत जुहारीनै चल्ने गरेका छन् । घरधनीले आकस्मिक रुपमा व्यवसाय छाड्न गर्ने आदेश, अस्वभाविक भाडावृद्धि, घरकिनबेच जस्ता कामले व्यवसायीले निरन्तर व्यवसाय गर्न समस्या आउने गरेका छन् । तोकिएको समयमै भाडा नतिर्ने, सहमति विपरित अर्कोलाई महंगोमा […]
चेली नेपालद्धारा ५७ छात्रालाई छात्रवृत्ति

भरतपुर,२४ असार । मानव वेचविखन र लैगिंक हिसां विरुद्ध कार्यरत संस्था चेली नेपालले हिसां प्रभावित र उच्च जोखिममा रहेका ५७ जना छात्रालाई छात्रवृत्ति सहयोग रकम वितरण गरेको छ । शनिबार आयोजित कार्यक्रममा चेली नेपालले महानगर क्षेत्र भित्रका छात्राको लागि छात्रवृत्ति सहयोग गरेको हो । दोस्रो किस्ताको रुपमा सो सहयोग गरिएको हो । भरतपुर महानगरपालिकाका उपमेयर […]
‘टुकी’ उपन्यासको लोकार्पण

भरतपुर,२४ असार । रेडियो पत्रकार तथा शिक्षक मनोज अज्ञातद्वारा लिखित टुकी उपन्यासको लोकार्पण गरिएको छ । प्रदेश सांसद रामलाल महतोले टुकी बालेर उपन्यासको लोकार्पण गरे । सांसद महतोले उपन्यासको चर्चाले बचपनको याद स्मरण भएको बताए । टुकी उपन्यासमा लेखकले थारु समाजको चित्रण गर्दै चितवनका आदिवासी थारु समुदायका पुराना चालचलन, चाडपर्व, रहनसहन, परम्परा उल्लेख गरेको र […]
द्वन्द पीडित महिलालाई सिलाई मेसिन वितरण

प्रमिता ढकाल भरतपुर,२४ असार । द्वन्द्व पीडित महिलाको लागि आयआर्जनमा सहज होस भनेर शनिबार १३ जना महिलालाई सिलाई मेसिन वितरण गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजना, सहिद स्मृति प्रतिष्ठान नेपालको संयोजनमा मेसिन वितरण गरिएको हो । देशमा माओवादी द्वन्द्वको बेला सरकारी तर्फबाट र तत्कालीन विद्रोही तर्फबाट मारिएका परिवारका महिलालाई लक्षित गरि मेसिन वितरण गरिएको थियो […]
रामपुर कृषि क्याम्पस खैरहनीमा पुर्नस्थापना

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,२४ असार । पश्चिम चितवनको रामपुरमा ६ वर्षदेखी पठनपाठन अवरुद्ध भएको रामपुर कृषि क्याम्पसलाई पुर्नस्थापना गरिएको छ । रामपुरमा रहेको जग्गा र भौतिक संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिने सरकारको निर्णयपछि त्रिभुवन विश्वविद्यालयले कृषिको पढाई रोकेको थियो । यसबीचमा त्रिवि र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच विवाद भएको थियो । त्रिभुवन विश्वविद्यालयले […]
२०७५ असार २४ गते आइतवार