द्वन्द पीडित महिलालाई सिलाई मेसिन वितरण

प्रमिता ढकाल
भरतपुर,२४ असार ।
द्वन्द्व पीडित महिलाको लागि आयआर्जनमा सहज होस भनेर शनिबार १३ जना महिलालाई सिलाई मेसिन वितरण गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजना, सहिद स्मृति प्रतिष्ठान नेपालको संयोजनमा मेसिन वितरण गरिएको हो ।

देशमा माओवादी द्वन्द्वको बेला सरकारी तर्फबाट र तत्कालीन विद्रोही तर्फबाट मारिएका परिवारका महिलालाई लक्षित गरि मेसिन वितरण गरिएको थियो । प्रतिष्ठानकी अध्यक्ष संगीता भट्टराईका अनुसार सहिद जयन्ती कँडेलकी आमा डण्डमाया कँडेल, तिलक खाँतीकी बहिनी पूजा खाँती, अमर प्रहरी धननाथ थपलियाकी श्रीमति लालकुमारी थपलिया लाई एक एक थान मेसिन हस्तान्तरण गरिएको हो ।

त्यसै गरि मेसिन प्राप्त गर्नेमा सहिद कुलप्रसाद रेग्मीकी भाउजु गोमा रेग्मी, सहिद गोविन्द पौडेलकी श्रीमति उमादेवी पौडेल, घाइते ईश्वर सापकोटा श्रीमति पार्वती न्यौपानेले मेसिन प्राप्त गर्नु भएको हो । त्यसै गरि वेपत्ता रामचन्द्र तिवारीका श्रीमति मिना तिवारी, ओेम विककी श्रीमति कालिमाया विक, सिता विककी बहिनी गीता विक, खिमलाल आचार्यको श्रीमति देउमाया आचार्य र घाइते अमर तामाको बहिनी संगीता तामाङ रहेका छन् ।

माओवादी द्वन्दको बेला तत्कालीन सरकारी सेना र प्रहरीबाट मारिएका हुन या तत्कालीन विद्रोही माओवादीबाट भरतपुर महानगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सबैसबै एक साथ थिए । एकले अर्को संग परिचय साटासाट गरि रहेका थिए । सबैले आफ्नो पूर्व अवस्था सम्झाना गर्दै घरिघरी आँशु चुहाउँदै थिए । तर, उनीहरु बिचमा सौहार्दता अझ कसिलो बन्दै थियो । सबैले अव पनि नेपालले त्यस्तो पीडा भोग्नु नपरोस भन्दै पुकारा गरिरहेका थिए ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी प्रमुख अतिथि रहनु भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद बास्तोला, महिला विकास कार्यालयका प्रमुख शान्ताकुमारी पौडेल र जिल्ला प्रहरी प्रमुख सुशीलसिंह राठोरले मन्तव्य राखे । कार्यक्रमका संयोजक सविता लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष संगीता भट्टराईले कार्यक्रमबारे जानकारी दिइन् । जिल्ला प्रशासन कार्यलय चितवनको तथ्यांकमा जिल्लाभर ३८७ जना द्वन्द प्रभावित रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट