
पूर्वी चितवन स्थित राप्ती नगरपालिका वडा न. ४ का वडा अध्यक्ष हुन शमशेर लामा। युवा जोश अनि जागर उत्साह उमंग लिएर विकास निर्माणका कार्यक्रमहरु गरेर स्थानीय जनताहरुको मन जित्त्न सफल लामा राप्ती नगरपालिका भित्रकै जुझारु वडा अध्यक्ष हुन् ।
उनै वडा अध्यक्ष शमशेर लामासंग समसामयिक विषयसंग केन्द्रित रहेर मनोज पन्तले गरेको कुराकानी ।
शमशेरजी स्वागत छ।
धन्यवाद
स्थानिय निर्वाचनमा जनप्रतिनिधि हुनु भाे के के भाे तपाईंको वडामा?
धेरै कुराहरु भए र अझै धेरै हुन बाकी छ,सबैभन्दा ठूलाे कुरा वडाकाे अाफ्नै भवन बन्दैछ,त्यसकाे अलावा वडालाई भविष्यमा कुनै समस्या र संकट नपर्ने गरि विकासकाे खाका तयार गरेकाे छु,पक्कि बाटाे निर्माण गर्नकाे लागि सबैभन्दा पहिला पक्कि नाला निर्माण गर्नु पर्छ भनेर नाला निर्माण गर्याै र अब पिच गर्ने तयारीमा छाै,विद्यालयमा ई-लाईब्रेरी र फन पार्ककाे व्यवस्थापन गर्याै। ईकाे टुरिजम पार्ककाे कार्य शुरुवात गर्याै,गर्भवती महिलाहरुलाइ पाेषण कार्यक्रम संचालन गरियाे। खाने पानीकाे व्यवस्थापन राम्रोसग गर्याै यी लगायत अन्य धेरै कार्यहरु छन्।
तेस्राे नगर सभासम्म समग्रमा यस नगरमा के के उपलब्धि भयाे?
यो हेर्ने दृश्यमा भर पर्दछ,कतिपय हामिले नीतिगत कुराहरुमा ध्यान दियाै,नीति महत्त्वपुर्ण हाे। नीतिगत कार्यहरु जनताले देख्दैनन्,सैदान्तिक कार्यहरुपश्चात् अन्य कुराहरु कार्यान्वयन गर्ने हो। तेस्रो नगर सभासम्म हामीले केही महत्त्वपूर्ण कार्यहरु गरेका छाै जस्तै ४,५ र १० काे वडा कार्यालयकाे भवन निर्माणको शुरुवात गरेका छाै,भत्किएका संरचनाहरु पुन निर्माणका कार्यहरु गरेका छाै,यस नगरका दक्षिणि सिमानामा वन्यजन्तु राेक्नकाे लागि सिमेन्टको वाल निर्माण गर्याै,कुलाे निर्माण,कालाे पत्रे,पक्कि नाला र माथिल्लाे भुभागमा जनताकाे चाहना अनुसारकाे कार्य सम्पन्न भएकाे छ भने कतिपय कुराहरु नगरकाे मुख्य पदाधिकारीहरुकाे कारणले ढिलासुस्ति भएको छ र यसले विकासमा प्रत्यक्ष असर पुगेकाे छ र राप्ती ड्याकमा धेरै महत्त्वपूर्ण कामहरु स्विसकाे सहयाेगमा भएको छ।यसकाे अलावा कृषिका क्षेत्रमा धेरै कार्यहरु भएको छ,किसानले धेरै राहत पाएकाे छ भने कतिपय किसानलाई पुन राहत उपलब्ध गराईनेछ,कृषि अाैजार वितरण गरेका छाै,पशुकाे क्षेत्रमा बाख्रा र वंगुर पालक किसानलाई व्यवसायीमुखी बनाउने कार्य प्रारम्भ गरिएको छ।
तपाईंको वडामा सडकमा झार उम्रेकाे कुरा अाएकाे थियाे खास के हाे?
हाे ,तपाले सुन्नु भएको ठीक हाे। याे त राष्ट्रिय समाचार नै बनेकाे थियाे। तर जति मात्रामा समाचार बन्याे त्याे सबैमा सत्यता थिएन। किनभने झार उम्रियाे कार्य बेठीक भाे भनेर पुन: कार्य गराउन हामीले नै निर्देशन गर्याै,निकासा राेक्याै तर समाचार आउँदा अध्यक्षले उपभोक्तासंग मिलेर तीन पुस्ता रकम कमायाे,भ्रष्टाचार भाे भन्ने यावत कुराहरु चले तर त्याे सत्यता हाेईन। सत्यता के हाे भने यहाँ बुझाईमा गलत भाे,त्याे पिचकाे
रकम वडाकाे हाेईन नगरकाे गाैरवकाे याेजना हाे,तर पनि यस वडामा कार्य संचालन भएको हुदा यसबाट म पन्छिन मिल्दैन।त्यहा काम गर्ने बेलामा केही गलत मानिसहरुले बदमासी गरिदियाे। ग्रेवल राख्ने बेलामा राति कसैले नाम नभनाै ट्रेक्टरमा पांगाे माटो ल्याएर छरिदियाे,त्यसमा माेथेकाे बीउ पनि मिसाइयो। त्याे पहिलाे गलत भाे,दाेस्राे पक्का नाली बनिसकेकाे थियाे, नाली माथि स्ल्याब राखिएको थियाे त्याे भत्किन्छ भनेर ग्रेडर लगाउन दिईएको थिए।,तेस्राे कुराे, घर भत्किन्छ भनेर भ्राईवेटर लगाउन दिईएन। यसमा सबैकाे दाेष देखियाे चाैतर्फी कमजाेरी भएकाे थियाे। जुन अध्यक्षले मात्र सबै सखाफै पारे भन्ने कुरा त्याे गलत हाे,सबैभन्दा पहिला कार्य गलत हाे भनेर भन्ने व्यक्ति नै मै हु ।
गत साउनमा भत्किएको तपाइकै वडाको खहरे पुल अहिलेसम्म किन बनेन?
ठीक कुरा हाे, अहिले सम्म बनेकाे छैन। यसमा शुरुमा के बुझ्नुपर्ने भने हामी सबैकाे अा-अाफ्नाे क्षेत्राधिकार हुन्छ।महेन्द्र राजमार्गकाे छेउकाे कार्य सडकले गर्छ,बस्तिकाे बाटाेघाटाे नगरले गर्छ,खानेपानी नगरले गर्छ भने झै त्याे उत्तरी खण्डको पुल निर्माण कार्य जिल्ला सडकले गर्छ। याे बर्ष किन भएन भन्दा पुल भत्कने बेलामा बजेट विनियोजित भैसकेकाे थियाे त्यसैले बनेन।अहिले त्यस पुल निर्माणकाे लागि वजेटकाे व्यवस्था भैसकेकाे छ। अब पक्का बन्छ विश्वत हुनुस् ।
राप्ती नगरभरि खानेपानि सबैलाई खुवाउछु भन्नू भाथ्याे के छ अबस्था?
राप्तीकाे कुनै पनि ठाउमा खाने पानीकाे अभाव छैन,तर केही न्युन स्थानमा केही व्यवस्थापन गर्न चाहिँ पक्कै पर्छ।
हामी त्यसमा कटिबद्ध छाै।
राप्ती-४ मा सिटि हल बन्ने कुरा कता हरायो?
याे नगरकै गाैरवकाे याेजना हाे। वडाकाे याेजना भएकाे भए मैले जवाफ दिन्थे । तर यसमा अान्तरिक कारणहरु छन। म पनि किन बनेन भनेर नगरका मेयरज्युलाई तपाईं मार्फत प्रश्न गर्दछु।
शिखर हरियालि ईकाे टुरिजम पार्ककाे काम के भैरहेकाे छ?
सुचारु भैरहेकाे छ भने २०७५/०७६काे लागि प्रदेश सरकारबाट राम्रै रकम विनियोजन भएकाे छ।
राप्ती ४ काे हरेक कुराहरु विवादमा मात्र अाउछ केहाे?
यसमा मैले भन्नू के छ र यदि मेराे दाेष भए मलाई सिधै भनिदिनु भए हुन्थ्याे ।यस वडामा म मात्र बस्ने हाेईन म भन्दा धेरै ठूला र बडाहरु बस्नु हुन्छ र सबैले विवाद गर्छन भन्ने पनि हाेइन।जसले बढि विवाद गराउन चाहन्छन त्याे चाहिँ मैले नियम संगत कार्य गरेकाे भएर हाे। किनकि केही व्यक्तिहरु शमशेर
लामाले हामीले भनेकाे कामहरु नियम मिचेर सजिलै गरिदियाेस भन्ने चाहन्छन्। तर मबाट त्यस्ताे कार्य नहुने भएपछि मेराे विराेध गर्छन्। यसमा म ढुक्क छु त्यस्ता अराजक तत्वहरुले स्थान पाउदैनन् भनेर।
वंगुर पालनकाे भ्रमण केहाे यसमा पनि विवाद थियाे ?
त्यहि अराजक तत्वहरुले हुन विराेध गरेकाे।भलादमीहरुले त फाेन गरेर बुझ्न चाहनु भएको थियाे र प्रष्ट पनि हुनु भाे। यसमा के भन्न चाहन्छु भने पहिला बुझ्नु पर्दछ ।यसकाे कुरा नगरले हरेक शाखा कार्यालयहरुलाई बजेट बनाएकाे हुन्छ।त्यस अन्तर्गत नगरकाे पशु शाखाकाे बजेट हाे साेहि अनुसार १२ जना किसान र जनप्रतिनिधिलाई वंगुर पालन व्यवसायी बनाउन लगेकाे भ्रमणा हाे त्याे । याे वडाकाे बजेट हाेईन तर पनि वडा र नगरकाे समन्वयले पशु शाखाले लगेकाे भ्रमणा हाे। यसमा कुनै समस्या म देख्दिन ।शमशेर लामा पनि भ्रमणमा गएको छ भन्ने झुट समाचारले मेराे विरुद्ध लेखिएको हाे।म जान नहुने त हाेईन तर पनि वडाकाे धेरै कामकाे व्यस्तताले गर्दा म गइन ।
तपाईंको वडामा रहेकाे शिखर हरियालि सामुदायिक वनकाे साधारणसभा भएको छैन भन्ने जनगुनासाे छ नि केहाे?
हजुरले सुन्नु भएको कुरा सहि हाे। तर याे जवाफ सामुदायिक बनकाे अध्यक्षलाई साेध्नु पर्ने तर पनि हाम्रो वडामा भएकाे नाताले मैले यसकाे जवाफ दिनै पर्छ। जब सामुदायिक वनकाे अध्यक्ष केदार अाचार्य हुनु भाे त्यस देखि हाल सम्म भएको छैन। लगभग ६ वर्ष भाे। चाडै गराउने तयारीमा छाै।
वडा नं १ देखि ४ सम्मकाे वडा अध्यक्षहरु एकदम एकजुट छन भन्ने सुनेकाे छु केहाे?
हाे सहि हाे यसमा कुनै संका छैन।अन्य वडाकाे अादरणिय वडा अध्यक्षज्युहरुसंग पनि सुमधुर र अात्मीयता छन भने सबैसंग कार्य पालिका र सदस्यज्युहरुसंग मात्र नभै सबै नगरका जनताहरुसंग पनि राम्रो छ।
अन्त्यमा तपाईंको भन्नू केही छ कि?
धेरै कुराहरु छन।तर सबै संभव भएन। म नगरका सबै जनताहरुलाइ के भन्न चाहन्छु भने हाम्रो समय अबधिमा नगरका सबै कार्यहरु सम्पन्न हुनेछ तर पहिला कहाकाे गर्ने त्यसपछि कुन गर्ने भन्ने विषयमा हामी अल्झिनु भएन। हामी सबैकाे सबै ठाउमा जनताकाे चाहना अनुसार जनताकाे काम गर्न तयार छाै। सल्लाह सुझाव भए हामीलाई सिधै राख्नुस्।अन्त्यमा मेरा भनाइहरु सबै सामु पुर्याउन सहयाेग गर्नु भएकोमा मुरि मुरि धन्यवाद दिन चाहन्छु,।जय राप्ती।





