हारसँगै उसका लागि नकआउट प्रवेशमा थप कठिनाइ बढेको छ। पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एन्टे रेविकले अर्जेन्टिनी गोल रक्षकको कमजोरीको फाइदा उठाउँदै बललाई जाली चुमाए।
उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए। खोल खाएपश्चात अर्जेन्टिनाले खेलमा फर्किने प्रयास गरे पनि सफलता हात पार्न सकेन।

यस्तैमा खेलमा फर्कन संघर्षरत: अर्जेन्टिना खेलको ८० औं मिनेटमा फेरि एकपटक झट्का बेहोर्न बाध्य भयो। क्रिएसियाका मोड्रिकले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर पारे पछि अर्जेन्टिना दोश्रो झट्का खान बाध्य भएको हो।
२-० को गोलले दबाबमा परेको अर्जेन्टिनाको विपक्षमा खेलको ९१ औं मिनेटमा क्रोएशियाले फेरि गोल गरेर जीतलाई ३-० ले फराकिलो बनाइदियो।
उक्त गोल राकिटिकले गरेका थिए।
अन्त: अर्जेन्टिना क्रोएशियालाई३-० को जित सुम्पिन बाध्य भयो।
जीतसँगै क्रोएशिया ६ अंक बटुल्दै दोस्रो चरण प्रवेश गरेको छ। क्रोएसियाले यसअघि नाइजेरियालाई पराजित गरेको थियो भने अर्जेन्टिना आश्चर्यजनक ढंगले सानो युरोपेली राष्ट्र आइसल्यान्डसँग बराबरी खेल्दै अंक बाढ्न बाध्य भएको थियो।
क्रोएशियासँगको हारले अर्जेन्टिनाको दोस्रोचरण प्रवेश क्षिण बनेको छ। अब उसले नाइजेरियासँग खेल्न बाँकी छ।