लागूऔषध नियन्त्रणमा चुनौती

विप्लव काफ्ले/कायाकैरन
भरतपुर,७ असार ।

लागूऔषध दुव्र्यसनी नियन्त्रण चूनौतीका रुपमा बढ्दै गएको छ । चितवन लागूऔषध ओसारपसार तथा बिक्री वितरणका दृष्टिले ‘ट्राञ्जिट’ बन्दै गएको छ । जिल्ला कारागार भरतपुरका कूल बन्दीमध्ये २० प्रतिशत लागूऔषध मुद्धाका छन् । गतवर्ष असारको तथ्यांकमा यो १८ प्रतिशत थियो । एक दर्जन मुद्धा प्रकार हेर्दा लागूऔषधका बन्दीको संख्या दोस्रो नम्बरमा देखिन्छ ।
“गैंडा मुद्धाका बन्दीको संख्या क्रमिक घट्दो छ । तर, जबरजस्ती करणी र लागूऔषध मुद्धाका बन्दी क्रमिक बढ्दै गएको देखिन्छ”, जिल्ला कारागार भरतपुरका शाखा अधिकृत जेलर कमलप्रसाद काफ्लेले भने, “समाजलाई प्रत्यक्ष असर पु¥याउने गतिविधि बढेको देखिन्छ । रोकथामका लागि सरोकारवाला पक्ष लाग्नुपर्ने देखिन्छ ।” कारागारमा हाल ६ सय ४१ बन्दी छन् । जसमध्ये पुरुष ५ सय ९१ छन् भने महिला ५४ जना छन् । यी मध्ये कैदीतर्फ ३ सय ९३ जना पुरुष र ३७ जना महिला छन् । यस्तै थुनुवातर्फ १ सय ९४ जना पुरुष र १७ जना महिला छन् । कारागारको क्षमता २ सय ५५ हो । तर, यहाँ दोब्बर बढी बन्दी छन् । “केही सयमअघि ३० जनालाई भीमफेदी कारागार स्थानान्तरण गरियो, फेरी कतै खाली छ कि भनेर हेर्दै छौँ”, उनले भने, “अपराधिक गतिविधिमा संलग्न हुनेको चाप वर्षेनी बढेको छ ।”


चूनौतीका रुपमा रहेको लागू औषध कारोबारी, प्रयोगकर्ताको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले कारागारमा रहेका बन्दीलाई लक्षित गरेर बुधबार लागू औषध विरुद्ध सचेतना कार्यक्रम गरेको छ । “झण्डै २० प्रतिशत लागू औषध मुद्धाका बन्दी यहाँ छन्”, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने, “लागू औषधले गर्दा अपराधजन्य घटना बढेका छन्, शान्ती सुरक्षामा खललु पुगेको छ । अब दुव्र्यसनी विरुद्ध सचेतना फैलाउनु आवश्यक छ ।” चञ्चल मन भएका युवालाई दुव्र्यसनीमा फसाउने तस्करी, कारोबारी लागिपरेकाले ति सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । देशको समृद्धि र विकासमा खटिने युवाशक्तिलाई कुलतमा पर्न नदिन अभिभावकले उच्च सर्तकता राख्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले समुदायको सहयोग भएमा लागू औषधका कारोबारी, सेवनकर्तालाई नियन्त्रण गर्न सकिने बताए । “जनचेतनामूलक गतिविधि गरेर युवापिढीलाई कुलतमा पर्नै नदिन अभियान चलाउनुपर्छ”, उनले भने, “सेवनकर्तालाई लत छोडाउनुपर्छ , नसुध्रिए कानुनी दायरामा ल्याउनुपर्छ ।” उनले पछिल्लो समय रोग निको पार्न प्रयोग हुने विभिन्न औषधिलाई मिलाएर लागू औषधका रुपमा सेवन गर्ने क्रम बढेको बताए ।
सशस्त्र प्रहरी बल प्रहरी उपरीक्षक सुवर्ण थापाले धूमपानने दुव्र्यसनीको पहिलो चरण भएकाले सुरुमै नियन्त्रण गर्न घरपरिवारले पहल गर्नुपर्ने बताए । जिल्ला समन्वय समिति चितवनका कृष्ण कुमार डल्लाकोटीले लागूऔषधमुक्त चितवन बनाउन अभियानै चलाउनुपर्ने बताए । मानसिक रोग विशेषज्ञ डा. गिरिराज भन्तानाले लागूऔषध प्रयोगले स्वास्थ्य र समाजलाई प्रतिकूल असर पार्ने भएकाले नियन्त्रण तथा रोकथामका लागि सबै पक्ष चनाखो हुनुपर्ने बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले जनचेतनामूलक अभियानमा स्थानीय सरकारले पहल गर्नुपर्नेमा जोड दिए । लागूऔषध पूर्वप्रयोगकर्ता शान्ता घले र गोकुलले समाजलाई कूलतमुक्त बनाउनुपर्ने बताए ।
लागू औषध ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस मुल जिल्ला समारोह समितिले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतकोे अध्यक्षतामा बसेको बैठकले कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।
बुधबार कारागार शाखा चितवनमा सचेतना र बन्दि बीचमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । यस्तै बिहीबार ‍औषधि व्यवसायी समितिद्वारा उद्योग वाणिज्य संघ चितवनको सभाहलमा १ बजे सचेतना कार्यक्रम हुनेछ । यस्तै ८ गतदेखिे चलचत्रि भवनले लागू औषध विरुद्ध सूचना सन्देश प्रसारण गर्नेछन् । ८ देखि १० गतेसम्म रिकभरी नेपालले ९–१० मा पढ्ने विद्यार्थीलाई लक्षित गरी सचेतना कक्षा दिनेछन् । असार ९ गते फार्मेसीको अनुगमन तथा चनौलीमा यूवा सचेतना कार्यक्रम गरिनेछ । १० गते जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले गाँजा फडानी गर्ने जनाइएको छ । ११ गते, शिक्षा विकास तथा समन्वय ईकाईको पहलमा माध्यमिक विद्यालयका विद्यार्थीबीच लागू औषध विरुद्ध अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिने जनाइएको छ । १२ गते विहान ७ बजे प्रभातफेरी कार्यक्रम पश्चात जिल्ला समन्वय समितिको सभाहलमा अन्र्तक्रिया कार्यक्रम हुने जनाइएको छ । सप्ताहव्यापी कार्यक्रम सरकारी तथा गैरसरकारी संस्थाबीच समन्वय गरी अभियानका रुपमा कार्यक्रम हुदैछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट