गैरकानुनी क्रियाकलापमा संलग्न ६ जना पक्राउ

भरतपुर,७ असार ।

जिल्ला प्रहरी कार्यालय चितवनले गैरकानुनी क्रियाकलापमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले समाजमा विकृती फैलाउने र गैरकानुनी गतिविधिमा संलग्न रहेकोे आरोपमा लागूऔषध ओसारपसारमा संलग्न एक युवक सहित पाँच जनालाई नियन्त्रणमा लिइ कार्वाही प्रक्रियालाई अगाडि बढाएको छ ।
प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई समेत पक्राउ गरेको जनाएको हो । लागू औषध सहित पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वर्डा नम्बर ७ तेह्रसाल चोकबस्ने वर्ष ३३ को मनिश गुरुङ रहेका छन् । प्रहरीले उनको साथबाट डाइजेपाम ३० एम्पुल , ब्युपिनफिर्न ३० एम्पुल र फेनारगन ३० एम्पुलसहित मंगलबार दिउँसो ४ बजे पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई लागूऔषध (नियन्त्रण ऐन ) २०३३ अन्तर्गत मुद्दा दर्ता गरी कार्वाही प्रक्रियालाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक शुशील सिंह राठौरले बताए ।
यस्तै, समाजलाई सुन्दर एवं शान्त बनाउने उद्देश्यले सञ्चालित थ्रीएस अप्रेशन अन्र्तगत खटिएको प्रहरीको विशेष टोलीले मोबाईल पसलबाट अश्लिल भिडियो मोबाइलहरुमा राख्ने कार्यमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको छ । अश्लील भिडियो हाली समाजलाई तंरगीत पार्ने दुई जना लाई समेत पक्राउ गरेको उनले बताए । यस्तै, सोही टोलीले ‘केटी मिलाइदिने र उक्त केटी सित बस्ने भए एक रातको दस हजार रुपैयाँ पर्छ’ भन्दै रकम असुल्ने वर्ष ३७ को एक महिलासहित दुई पुरुषलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार यसरी पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वर्डा नम्बर ७ बस्ने बर्ष २४ को राजकुमार चौधरी र सोही ठाउँमा बस्ने बर्ष १९ को डेविट सिलवाल रहेका छन् । चितवनमा एसपी राठौरले कार्यभार सम्हालेपछी जिल्ला भएको चर्चित अप्रेसन र यस्ले पाएको सफलताको यो सातौं पटक हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट