मकवानपुर, ५ वैशाख ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० कार्यालयको आर्थिक सहयोग तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा पारिजात स्मृति दिवसको सन्दर्भमा ‘नेपालको सामाजिक रूपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेको छ ।
बागमती प्रदेहका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे तामाङ तथा आँचल साहित्य कला पुञ्जमकवानपुरकी सल्लाहकार पूर्णकला घिमिरको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा घनश्याम घिमिरे, निरा शर्मा र श्रवण बर्तौलाको निर्णयबाट आकाङ्क्षा निरौला प्रथम, कृतिका लौडारी द्वितीय, सुनिल न्यौपाने तृतीय, प्रियान्सु पोखरेलले सान्त्वना स्थान हासिल गरेका थिए ।
युगेश ढकालले नगद राशी ५०० प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए । प्रथम, द्वितीय, तृतीय, सान्त्वना स्थान प्राप्त गर्न सफल वक्ताहरूलाई क्रमशः ८०००, ६०००, ४०००, २००० (कर सहित) नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा हेउनपा २० का वडा सदस्य तथा कार्यपालिका सदस्य साधना श्रेष्ठ, हेउनपा १० का वडाका जनप्रतिनिधिहरू गोमा सुनुवार, ईश्वरप्रसाद मैनाली, साहित्यसेवी मुक्ति गोविन्द वैद्य, साहित्यकारहरू देवराज खरेल, सुदर्शन अधिकारी, रमेशमोहन अधिकारी, शम्भुप्रसाद बासकोटा, जनार्दन खनाल, इन्द्र नेपाल, छवी अनित्य, डि.बि. बर्तौला, सानु खनाल, मञ्जु खरालको आतिथ्यता रहेको कार्यक्रममा देवराज तिवारी (गजल), शान्ति प्रियवन्दना (कविता), संप्रस पौडेल (व्यङ्ग्य कविता), अमृता लामिछाने (मुक्तक), जनार्दन खनाल, ऋषिराम पाण्डेयले रचनावाचन गर्नुभएको थियो । भवानी तिमल्सिना न्यौपानेले सहजीकरण गर्नुभएको कार्यक्रममा १८ जना प्रतियोगीहरूको सहभागी रहेको थियो । कार्यक्रममा एलिजा पुडासैनीले स्वागत मन्तव्य राख्नुभएको थियो भने अचला शर्माले समयसूचकको जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।