एकोहोरो प्रेम (कविता)

मैले हावा सँग साइनो गाँसेको छु जुन बतासले तिम्रो स्पर्शको सुगन्ध बोकेर मेरो सामु छोडेर जान्छ म त तिमीलाई होइन तिम्रो त्यो मनलाई प्रेम गर्छु तिम्रो त्यो आत्मालाई प्रेम गर्छु सम्झेर कल्पेका ती पललाई प्रेम गर्छु रोमियो र जुलिएटको प्रेम त एकादेशको कहानी भइसक्यो नयाँ युगको नयाँ प्रेम कहानी रच्नु छ मलाई त्यसैले त, जुन […]

बालकुमारी घिमिरेको गजलसङ्ग्रह `तलतल´ सार्वजनिक

चितवन, २ फागुन । गजलकार बालकुमारी घिमिरे गजलिकाको गजलसङ्ग्रह `तलतल´ विमोचन भएको छ । गजल मञ्च चितवनले शनिबार बालकुमारी कलेज नारायणगढमा आयोजना गरेको प्रणय दिवस विशेष कार्यक्रमका प्रमुख अतिथि उषा शेरचन, विशिष्ट अतिथि रमेश शुभेच्छु, गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासलगायतले कृति विमोचन गर्नुभएको हो । विमोचनपछि कृतिमाथि टिप्पणी राख्दै रमेश शुभेच्छुले डायस्पोरिक चेतनाबाट हेर्न […]

माडीकी परिना भण्डारीलाई राष्ट्रिय सम्मान : स्पर्श म्युजिक भिडियो अवार्डमा उत्कृष्ट बालकलाकार

चितवन, २ फागुन । माडीकी उदीयमान कलाकार परिना भण्डारीले पाँचौं संस्करणको राष्ट्रिय स्तरको स्पर्श म्युजिक भिडियो अवार्डमा उत्कृष्ट बालकलाकार (फिमेल) तर्फ अवार्ड जित्न सफल भएकी छन् । फाल्गुन १ गते नेपाल चलचित्र बोर्डको अडिटरियम हलमा आयोजित विशेष समारोहमा उनले “सुनसान रात २ – तिमी टाढा छौ” गीतमार्फत यो सफलता हात पारेकी हुन् । गीतमा राजनराज […]

राष्ट्रिय भजन तथा शङ्खवादन प्रतियोगिताको आय–व्यय सार्वजनिक, १ लाखभन्दा बढी बचत

चितवन, २ फागुन । माधवपुर मठमन्दिर तथा धार्मिक संघ–संस्था समन्वय समिति, रत्ननगर–१५, माधवपुर, चितवनको आयोजनामा सम्पन्न ‘राष्ट्रिय भजन तथा शङ्खवादन प्रतियोगिता–२०८२’ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । गत माघ २४ गते सम्पन्न कार्यक्रमको शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको हो । समितिका अनुसार कार्यक्रममा कुल रु. ६ लाख ९१ हजार […]

भरतपुरमा स्काउटहरूको जमघट : फागुन ६-८ मा ‘स्मार्ट स्काउट नमन क्याम्प’

भरतपुर, २ फागुन । भरतपुर–४ स्थित होली भिजन पब्लिक स्कूल को आयोजना तथा चितवन स्मार्ट स्काउट को सहकार्यमा चौथो स्मार्ट स्काउट नमन क्याम्प सञ्चालन हुने भएको छ । “अनुशासित अभ्यास, शक्तिशाली भविष्य” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त क्याम्प फागुन ६ देखि ८ गतेसम्म सञ्चालन गरिने विद्यालयले जनाएको छ । विद्यालयका अनुसार क्याम्पमा चितवन […]

परिभाषा भन्दा परको प्रेम (कविता)

म बदल्न चाहन्छु प्रेमको परिभाषा के स्वीकार्न सक्छ्यौ यो नयाँ अर्थभित्रको प्रेम ? म अङ्गालोभरि गुलाब बोकेर क्षणिक सुगन्ध छर्न चाहन्नँ म त हत्केलाभरि हिम्मत लिएर तिम्रो हात थाम्न चाहन्छु जसरी काँडाहरू गुलाबको सुरक्षामा निशब्द पहरेदार बन्छन् त्यसरी नै तिम्रो जीवनका आँधीहरूमा अडिग उभिन चाहन्छु बदलाको अपेक्षा बिना भावुक वाचाको बन्धन बिना कठिन यात्राहरूको सहयात्री […]

मेरो ठेगानामा एउटा बेनामे चिट्ठी (कविता)

आज सबेरै एउटा हल्कारा आएको छ प्रापकमा मेरो नाम देखेर एउटा बेनामे चिट्ठी थमाएको छ अहो ! म कस्तो असमञ्जसमा परेको छु बिना नामको यो चिट्ठी समाएर उभिएको छु सुनौलो रङ्गले मेरो नाम कोरेर प्रेषकको भाग खाली गरेर मसम्म आइपुगेको छ एउटा बेनामे चिट्ठी नेपाली नामको हिज्जेमा कत्ति पनि गल्ती नगरिकन ठेगानामा मेरो सही घर […]

गैँडाकोटमा पाँचौँ मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

नवलपुर, २ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गैँडाकोट मेयर्स–११ ले विजयी सुरुआत गरेको छ । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा शुक्रबार दिउँसो सम्पन्न उद्घाटन खेलमा गैँडाकोट मेयर्स–११ ले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको […]