मेरो ठेगानामा एउटा बेनामे चिट्ठी (कविता)

आज सबेरै एउटा हल्कारा आएको छ
प्रापकमा मेरो नाम देखेर
एउटा बेनामे चिट्ठी थमाएको छ
अहो ! म कस्तो असमञ्जसमा परेको छु
बिना नामको यो चिट्ठी समाएर उभिएको छु
सुनौलो रङ्गले मेरो नाम कोरेर
प्रेषकको भाग खाली गरेर
मसम्म आइपुगेको छ एउटा बेनामे चिट्ठी
नेपाली नामको हिज्जेमा कत्ति पनि गल्ती नगरिकन
ठेगानामा मेरो सही घर नम्बर र गल्ली भरिकन
एउटा बेनामे चिट्ठी आईपुगेको छ, मसम्म ।

के कोरको होला चिट्ठीभित्र
के भरेको होला चिट्ठीभित्र
आफ्नो बारेमा लेखेर पठाएको होला कि
मेरो बारेमा पनि केही सोधेको होला
आफ्नो भूत र वर्तमान कोरेर छोडेको होला कि
मेरो भविष्यको बारेका पनि केही सोचेको होला चिट्ठीमा
के लेखेको होला चिट्ठीमा
आशालाग्दा सुनौला बिहानीहरु कि
बिरक्तिएका उराठ दिनहरु
के पोखेको होला चिट्ठीमा ।।

स्मृतिका रमाइला गोधुलीहरु कि, कठ्याङिग्रदा रातहरु
आफ्नो गुनासाहरु थुपारेर पठाएको होला कि,
मेरा समस्याहरु फुकाएर पठाएको होला चिट्ठीमा,
आफ्नो उमङ्गहरु सजाएर पठाएको होला कि
मेरा गन्थनहरु लुकाएर पठाएको होला चिट्ठीमा ।।

के होला यो चिट्ठीमा
म उभिएकै छु
को होला यो चिट्ठीमा
म अडिएकै छु
प्रेषकको सबै खण्ड खाली राखेर,
प्रापकका सबै सबै भरेर
आएको यो बेनामे चिट्ठी
यति राम्रोसँग मलाई चिनेर
मेरो ठेगानासम्म आइपुगेको यो एउटा बेनामे चिट्ठी ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट