भरतपुरमा स्काउटहरूको जमघट : फागुन ६-८ मा ‘स्मार्ट स्काउट नमन क्याम्प’

भरतपुर, २ फागुन ।
भरतपुर–४ स्थित होली भिजन पब्लिक स्कूल को आयोजना तथा चितवन स्मार्ट स्काउट को सहकार्यमा चौथो स्मार्ट स्काउट नमन क्याम्प सञ्चालन हुने भएको छ । “अनुशासित अभ्यास, शक्तिशाली भविष्य” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त क्याम्प फागुन ६ देखि ८ गतेसम्म सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार क्याम्पमा चितवन र आसपासका जिल्लाभित्रका विभिन्न विद्यालयका स्काउट विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहनेछ। सहभागी विद्यार्थीहरूलाई स्काउटसम्बन्धी व्यवहारिक ज्ञान, अनुशासन, नेतृत्व विकास तथा टोलीमा काम गर्ने सीप अभिवृद्धि गराउने उद्देश्य राखिएको छ ।
क्याम्प अवधिभर गाँठोसम्बन्धी ज्ञान (Knotting), मार्चपास, नृत्य प्रतियोगिता, टनेल तथा चिम्नी जस्ता साहसिक गतिविधि, टायर वाल, टार्गेट टच, क्याटरपिलर रेस, इनभिजिबल मेज लगायतका विभिन्न खेल तथा अभ्यास सञ्चालन गरिनेछ । साथै क्याम्प फायर, सांस्कृतिक प्रस्तुति र टोलीगत प्रतिस्पर्धाले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकको भनाइ छ ।

क्याम्पको नेतृत्व शिव प्रसाद बराल (क्याम्प चिफ) ले गर्नेछन् भने इश्वर गुरुङ (क्याम्प निर्देशक), दुर्गा थापा (क्याम्प संयोजक) र प्रेमन ढकाल (सह–संयोजक) लगायतको टिमले व्यवस्थापन गर्नेछन् । त्यस्तै, सैलजा अधिकारी, अभिषेक क्षेत्री, सागर सापकोटा, कुशल न्यौपाने, धिरज राउत कुर्मी, निरजला श्रेष्ठ र रुपेश थपलिया लगायतले विभिन्न जिम्मेवारी सम्हाल्नेछन् ।

आयोजकका अनुसार क्याम्पमा सहभागी हुन प्रति स्काउट रु. १६०० शुल्क तोकिएको छ, जसमा खाना तथा आवश्यक व्यवस्थाहरू समावेश गरिनेछ। सहभागी विद्यार्थीहरूले स्काउट पोशाकसहित आवश्यक व्यक्तिगत सामग्री अनिवार्य रूपमा ल्याउनुपर्नेछ ।

आयोजकले उक्त क्याम्पले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट