गैँडाकोटमा पाँचौँ मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

नवलपुर, २ फागुन ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गैँडाकोट मेयर्स–११ ले विजयी सुरुआत गरेको छ ।

गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा शुक्रबार दिउँसो सम्पन्न उद्घाटन खेलमा गैँडाकोट मेयर्स–११ ले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १२० रनको लक्ष्य मेयर्स–११ ले १० दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन बनाएको थियो ।

मेयर्स–११ को शानदार सुरुआत
मेयर्स–११ का लागि सन्नी बिकले ३१ बलमा ४ छक्का र ८ चौका प्रहार गर्दै ६३ रनको उत्कृष्ट पारी खेले । दीपक बोहोराले १८ बलमा २ छक्का र ४ चौकासहित ३० रन जोडे । गौरव विश्वकर्मा र अविशेक थापाले अविजित ८–८ रन बनाए ।कर्णालीका तर्फबाट अर्विन्द घर्ती मगरले २ विकेट लिए भने दीवान पुन र राजप्रसाद शाहले १–१ विकेट हात पारे ।

कर्णालीको ब्याटिङ प्रदर्शन
कर्णालीका मनिष थापाले २३ बलमा २ छक्का र ३ चौकासहित ३१ रन बनाए । राजप्रसाद शाहले २०, दीवान पुनले १४, दीपेन्द्र रावत र हिमांशु शाहीले समान १२–१२ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीलाई सस्तोमै समेट्ने क्रममा चन्द्रकान्त पौडेलले ३ तथा अविनाश गौतमले २ विकेट लिए । उद्घाटन खेलको ‘म्यान अफ द म्याच’ मेयर्स–११ का सन्नी बिक घोषित भए ।

उद्घाटन समारोह
प्रतियोगिताको उद्घाटन गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले गरेका थिए । उनले प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्दै गैँडाकोटको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल क्रिकेट सङ्घ गण्डकीका उपाध्यक्ष प्रकाश पौडेलले मेयर कप स्थानीय प्रतिभा उजागर गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै गएको बताए ।

गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष तथा टुर्नामेन्ट डाइरेक्टर धामनाथ सापकोटाले प्रतियोगिता सञ्चालनका लागि करिब ५२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए ।

प्रतियोगितालाई निरन्तरता दिँदै गैँडाकोटलाई राष्ट्रिय खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट