नारायणी किनारमा आरती स्थलको शिलान्यास गरिने

भरतपुर, १५ फागुन भरतपुर महानगर–पालिकाकी मेयर रेनु दाहालले नारायणी नदी किनारमा आरती स्थलको शिलान्यास हुन लागेको बताएकी छन् । माघ १२ गतेदेखि नारायणी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको सोमबार समापन समारोहमा बोल्दै मेयर दाहालले फागुन १७ गते आरती स्थलको शिलान्यास हुने जानकारी दिइन् । नारायणी किनारमा आरती स्थल निर्माण, गौ वनको व्यवस्था लगायतका माग राखी केही समय […]

संघीयताकै कारण मगरका छोराछोरी सम्मानित पदमा : दाहाल

भरतपुर, १५ फागुन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले १० वर्षे जनयुद्धको बलमा ल्याइएको संघीयताकै कारण मगरका छोराछोरी सम्मानित पदमा पुगेको बताएकी छन् । ४१ औं मगर दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको व्यवस्था परिवर्तन भएकै कारण जनजाति, मधेसी, उत्पीडित वर्गलाई राज्यको सम्मानित पदमा पुर्‍याएको […]

कांग्रेस गैंडाकोटको कार्ययोजना कार्यशाला

गैंडाकोट, १५ फागुन । नेपाली काँग्रेस गैंडाकोट-५ वडा कार्यसमितिको आयोजनामा वार्षिक कार्ययोजना निर्माण कार्यशाला वीपी स्मृति भवन काँग्रेसचोकमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेस गैंडाकोट नगरसभापति बद्री सापकोटाले आगामी दिनमा पार्टीलाई चलायमान गराउन वार्षिक कार्यक्रम निर्धारण गर्न लागेको बताए । नगर सचिव गोविन्द घिमिरेले नियमित कार्यक्रम, सामुदायिक कार्यक्रम, संगठन निर्माणका लागि सहयोगी कार्यक्रम, वैचारिक […]

कांग्रेस गैंडाकोटको कार्ययोजना कार्यशाला

गैंडाकोट, १५ फागुन । नेपाली काँग्रेस गैंडाकोट-५ वडा कार्यसमितिको आयोजनामा वार्षिक कार्ययोजना निर्माण कार्यशाला वीपी स्मृति भवन काँग्रेसचोकमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेस गैंडाकोट नगरसभापति बद्री सापकोटाले आगामी दिनमा पार्टीलाई चलायमान गराउन वार्षिक कार्यक्रम निर्धारण गर्न लागेको बताए । नगर सचिव गोविन्द घिमिरेले नियमित कार्यक्रम, सामुदायिक कार्यक्रम, संगठन निर्माणका लागि सहयोगी कार्यक्रम, वैचारिक […]

सम्यक र सम्पदाकाे `द मेलाेडी अफ मनी´ सार्वजनिक

भरतपुर, १५ फागुन । भ्यु चितवनकाे आयाेजनामा बालकविद्वय सम्यकराज चालिसे र सम्पदा चालिसेकाे कवितासंग्रह `द मेलाेडी अफ मनि´काे विमाेचन भएको छ । भरतपुर-९ काे डलफिन फन पार्ककाे सभाहलमा करिब दुई सय भन्दा बढी विद्यार्थी एवं साहित्यकारकाे उपस्थितिमा पुस्तक विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी थिए । साे अवसरमा […]

यू-१९ विश्वकप छनोट : नेपालको लगातार तेस्रो जित

काठमाडौं, १५ फागुन । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो अपराजित यात्रा जारी राखेको छ । युएईको अजमानस्थित मलेक क्रिकेट मैदान भएको खेलमा हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको हो । यूएईस्थिति मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ […]

सन्दीप लामिछानेलाई विदेश गएर खेल्न सर्वाेच्चले दियो अनुमति

काठमाडौं, १५ फागुन । नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेट  टोलीका पूर्व कप्तान सन्दीप लामिछाने विदेश गएर पनि खेल्न पाउने भएका छन् । क्रिकेटर लामिछानेलाई सर्वाेच्च अदालतको आजको फैसलाले विदेश गएर खेल्न पाउने अनुमति दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपको पक्षमा निर्णय गरेको छ । सन्दीपले […]

एमालेका आठ मन्त्रीले बुझाए राजीनामा

काठमाडौं, १५ फागुन । नेकपा एमालेका आठ मन्त्रीले राजीनामा दिएका छन् । सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनीहरूले राजीनामा बुझाएका हुन् । एमालेको सचिवालय बैठकले आज सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री बिमला राई पौड्याल, रक्षा मन्त्री हरीराज उप्रेती, स्वास्थ्य […]

एमालेले सरकार छाड्ने, समर्थन पनि फिर्ता लिने निर्णय

काठमाडौं, १५ फागुन । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । पार्टी कार्यालय च्यासलमा आज बैठक बसेको थियो । उपप्रधानमन्त्रीसहित अर्थ, स्वास्थ्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा, परराष्ट्र, कृषि, उद्याेग तथा वाणिज्य मन्त्रालय लिएर एमाले सरकारमा थियाे । सरकारबाट […]

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्‍ने

काठमाडौँ, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले […]

हङकङले दियो नेपाललाई सामान्य लक्ष्य

भरतपुर, १५ फागुन । आईसीसी यू–१९ विश्कप अन्तर्गत एसियाली छनोटमा नेपालले हङकङबाट १२१ रनको लक्ष्य पाएको छ । टस जितेर पहिला ब्याटिङ गरेको हङकङ ४६‍.३ ओभरमा सवै विकेट गुमाएर १२० रनमात्रै बनाउन सक्यो । हङकङका पर्थ भगवतले सर्वाधिक ३६ रन बनाउँद मोहम्मद अलियान जाहिरले २९ रन बनाए । अन्य कुनै पनि ब्याटरको प्रर्दशन सम्झनलायक रहेन […]

प्रेस सेन्टरको साधारणसभामा दस जना सम्मानित

भरतपुर, १५ फागुन । प्रेस सेन्टर नेपाल चितवन शाखाको विशेष साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पत्रकारिता क्षेत्रमा योगदान गर्ने प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारीदेखि वागमती प्रदेशका सचिव सुमन गैरेसम्म १० जनालाई सम्मान गरिन् । प्रेस सेन्टर केन्द्रीय सचिव शान्ता अधिकारी, केन्द्रीय सदस्य प्रकाशमणि ज्ञावली, […]

सिजी स्मार्ट डोमेस्टिक एप्लाईन्सेसको सोरुम स्थापना

भरतपुर, १५ फागुन । नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजीले घरायसी सामग्रीको सोरुम आइतबारको दिन विकासपथ, बेलटाँडी, नारायणगढमा खोलेको छ । रवि इलेक्ट्रोनिक्स नामक उक्त सोरुममा ग्राहकले सिजी स्मार्ट डोमेस्टिक एप्लाईन्सेस ब्राण्ड अन्तर्गत रहेका सम्पूर्ण साना घरायसी सामग्री पाउनेछन् । नारायणगढका ग्राहकहरुलाई मध्यनजर गरी सिजीले अब एउटै ठाउँमा आफ्ना सम्पूर्ण घरायसी सामग्रीहरु सहज […]

महानगरस्तरीय वक्तृत्वकलामा श्रेया पहिलो

भरतपुर, १५ फागुन । चाइल्ड हेल्थ नेपाल र सनराइज इङ्ग्लिस स्कुलको संयुक्त आयोजनामा आइतबार जिल्ला स्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नारायणी माध्यमिक विद्यालयका कक्षा ८ की छात्रा श्रेया आचार्य पहिलो, स्मल हेभन मोडेल स्कुलकी छात्रा अनुष्का पौडेल दोस्रो र गुरुकूल सेकेन्डरी स्कुलकी छात्रा कृति श्रेष्ठ तेस्रो भएका छन् । उनीहरुले […]