महानगरस्तरीय वक्तृत्वकलामा श्रेया पहिलो

भरतपुर, १५ फागुन ।
चाइल्ड हेल्थ नेपाल र सनराइज इङ्ग्लिस स्कुलको संयुक्त आयोजनामा आइतबार जिल्ला स्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा नारायणी माध्यमिक विद्यालयका कक्षा ८ की छात्रा श्रेया आचार्य पहिलो, स्मल हेभन मोडेल स्कुलकी छात्रा अनुष्का पौडेल दोस्रो र गुरुकूल सेकेन्डरी स्कुलकी छात्रा कृति श्रेष्ठ तेस्रो भएका छन् । उनीहरुले क्रमशः तीन, दुई र एक हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाएका छन् ।

संस्थाकी अध्यक्ष कविता खतिवडा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका शैक्षिक महाशाखा अधिकृत ऋषिराम शर्मा प्रमुख अतिथि रहेका थिए । सनराइज इङ्ग्लिस स्कुल विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामजीप्रसाद अर्याल, विद्यालयका प्राचार्य शिवकुमार बगाले, सहप्राचार्य भूमिराज तिवारी र विद्यालयको सबै तहका संयोजकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निर्णायकको भूमिकामा विद्यालयका शिक्षक रामजी भट्टराई तथा रामकृष्ण लामिछाने रहेका थिए । कार्यक्रम सञ्चालन शिक्षक रामजी पौडेलले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट