भरतपुर, १५ फागुन ।
आईसीसी यू–१९ विश्कप अन्तर्गत एसियाली छनोटमा नेपालले हङकङबाट १२१ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको हङकङ ४६.३ ओभरमा सवै विकेट गुमाएर १२० रनमात्रै बनाउन सक्यो । हङकङका पर्थ भगवतले सर्वाधिक ३६ रन बनाउँद मोहम्मद अलियान जाहिरले २९ रन बनाए । अन्य कुनै पनि ब्याटरको प्रर्दशन सम्झनलायक रहेन ।
हङकङलाई सस्तैमा रोक्ने क्रममा तीव्र गतिका बलर हेमन्त धामी र स्पिनर सुवास भण्डारीले शानदार प्रदर्शन गरे । हेमन्तले ८.३ ओभमार ४३ रन खर्चिएर २ विकेट लिँदा सुवासले १० ओभरमा ३ मेडनसहित १० रन खर्चिएर २ विकेट लिए । उनले निकै नै किफायती बलिङ गरे । दीपेश कँडेलको नाममा १ विकेट रह्यो ।
२०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ युएई पुगेको नेपाली युवा टिम लगातार तेस्रो जितको लक्ष्यमा रहेको छ। प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता छ ।




