एमालेले सरकार छाड्ने, समर्थन पनि फिर्ता लिने निर्णय

काठमाडौं, १५ फागुन ।

नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । पार्टी कार्यालय च्यासलमा आज बैठक बसेको थियो । उपप्रधानमन्त्रीसहित अर्थ, स्वास्थ्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा, परराष्ट्र, कृषि, उद्याेग तथा वाणिज्य मन्त्रालय लिएर एमाले सरकारमा थियाे ।

सरकारबाट मन्त्रीहरू फिर्ता हुने उपप्रधानमन्त्रीसमेत रहेका पौडेलले जानकारी दिए  । उनले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको बताए ।

पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्ड नगएको र नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताए । उनले प्रधानमन्त्रीले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिनाविभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको दाबी गरे ।

उनले प्रधानमन्त्रीले जेनेभा भ्रमणमा जान लागेकी परराष्ट्रमन्त्री डा विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको आरोप लगाए । उनले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्नुले राष्ट्रको इज्जतमाथि नै प्रतिकूल असर परेको दाबी गरे ।

यसअघि सचिवालय बैठकले राष्ट्रपति चुनावसम्म सरकारबाट पनि नबाहिरिने र समर्थन पनि कायमै राख्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० पुसको गठबन्धन छाडेर नयाँ आठदलीय गठबन्धन बनाएपछि एमालेले सरकार छोड्ने निर्णय गरेको हो । राष्ट्रपति चुनावलाई लिएर प्रचण्ड र एमालेबीच १० पुसमा भएको सहकार्य सोमबारबाट औपचारिक रूपमा टुंगिएको छ ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट