कांग्रेस गैंडाकोटको कार्ययोजना कार्यशाला

गैंडाकोट, १५ फागुन ।
नेपाली काँग्रेस गैंडाकोट-५ वडा कार्यसमितिको आयोजनामा वार्षिक कार्ययोजना निर्माण कार्यशाला वीपी स्मृति भवन काँग्रेसचोकमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेस गैंडाकोट नगरसभापति बद्री सापकोटाले आगामी दिनमा पार्टीलाई चलायमान गराउन वार्षिक कार्यक्रम निर्धारण गर्न लागेको बताए ।

नगर सचिव गोविन्द घिमिरेले नियमित कार्यक्रम, सामुदायिक कार्यक्रम, संगठन निर्माणका लागि सहयोगी कार्यक्रम, वैचारिक कार्यक्रम र योजना निर्माण तथा कार्यान्वयनका लागि गरिने कार्यक्रमहरूमाथि प्रकाश पारेका थिए । वडा सचिव दीपक ढुंगानाको सहजीकरण रहेको सो कार्यक्रममा वडा सदस्य उषा परियारले स्वागत गरेकी थिइन् । कार्यक्रम वडा सभापति लक्ष्मण कार्कीको सभापतित्वमा सम्पन्न भएको हो ।

गण्डकी प्रदेश सदस्य द्रोण वन सन्यासी, इन्द्रराज ज्योति पौडेल, दोलराज पाण्डे, डिलकुमारी घिमिरे दुर्गा, केशवराज शर्मा, दाताराम घिमिरेलगायतले कार्यक्रममा विचार राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट