प्रेस सेन्टरको साधारणसभामा दस जना सम्मानित

भरतपुर, १५ फागुन ।
प्रेस सेन्टर नेपाल चितवन शाखाको विशेष साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पत्रकारिता क्षेत्रमा योगदान गर्ने प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारीदेखि वागमती प्रदेशका सचिव सुमन गैरेसम्म १० जनालाई सम्मान गरिन् ।

प्रेस सेन्टर केन्द्रीय सचिव शान्ता अधिकारी, केन्द्रीय सदस्य प्रकाशमणि ज्ञावली, सन्तोष देउजा, प्रेस सेन्टरका वागमती प्रदेश अनुशासन अयोगका सदस्य गोपाल परियार, पत्रकार चिन्तामणि पौडेल, नेकपा माओवादी केन्द्र वागमती प्रदेश कोषाध्यक्ष संगीता भट्टराई, प्रेस सेन्टर पूर्व जिल्ला उपाध्यक्ष वीरबहादुर सिंजाली र प्रवीन बराल पनि सम्मानित भएका छन् ।

शाखाले भरतपुरको जलदेवी सामुदायिक वनको पार्कमा आयोजना गरेको विशेष साधारणसभा तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दैै महानगरपालिका प्रमुख दाहालले सञ्चारमध्यमहरुले नयाँ ढंगबाट समाचार तथा सूचना सम्प्रेषण गर्नुपर्ने जोड दिइन् ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, प्रदेश सांसदहरु ठाकुर ढकाल, ईश्वर सापकोटा ‘सुमन’, नेकपा माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, पत्रकार महासंघका सचिव सिर्जना अर्याल, पत्रकार महासंघ चितवन शाखा अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट