भरतपुर, १५ फागुन ।
नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजीले घरायसी सामग्रीको सोरुम आइतबारको दिन विकासपथ, बेलटाँडी, नारायणगढमा खोलेको छ । रवि इलेक्ट्रोनिक्स नामक उक्त सोरुममा ग्राहकले सिजी स्मार्ट डोमेस्टिक एप्लाईन्सेस ब्राण्ड अन्तर्गत रहेका सम्पूर्ण साना घरायसी सामग्री पाउनेछन् ।
नारायणगढका ग्राहकहरुलाई मध्यनजर गरी सिजीले अब एउटै ठाउँमा आफ्ना सम्पूर्ण घरायसी सामग्रीहरु सहज तरिकाले सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले सोरुम खोलेको हो । सोरुममा सिजीका राईस कुकर, एयर फ्रायर, प्रेसरकुकर, ग्याँस स्टोभ, हब, इन्डक्सन कुकर, इलेक्ट्रिक ओभन, मिक्सर, फ्यान, हटपट, थर्मस, टोस्टर, हिटर, गिजर, आइरन, चिम्नीलगायत घरायसी सामग्री पाइने छ ।
रवि इलेक्ट्रोनिक्सका प्रोप्राइटर रोसन गुप्ताले आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरुलाई सिजी स्मार्ट डोमेस्टिक एप्लाईन्सेस ब्राण्डको कुनै पनि सामानहरु चाहिएमा यस पसलमा विशेष छुट दिइने बताए ।





