कोटिहोम महायज्ञमा भक्तजनको भीड

भरतपुर, २८ माघ नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको शनिबार शहरी विकासमन्त्री विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अवलोकन गरेका छन् । पाण्डे र लामिछाने आउने भएपछि महायज्ञमा दिनभर भक्तजनको बाक्लो भीड लागेको थियो । महायज्ञको अवलोकनपछि बोल्दै मन्त्री पाण्डेले सनातन धर्मको रक्षाका लागि सरकारले गौवनको व्यवस्था गर्नुपर्ने बताए । धर्म […]
भेट्रान कप फुटबल प्रतियोगिता सुरु

भरतपुर, २८ माघ भरतपुरमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ । भरतपुर महानगरपालिका मुख्य प्रवद्र्धक रहेको प्रतियोगितालाई चितवन भेट्रान फुटबल क्लब भरतपुर ७ ले आयोजना गरेको हो । प्रतियोगिताको शनिबार भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे । उपप्रमुख अधिकारीले खेललाई खेलको रुपमा मात्रै सीमित नगरी व्यवहारमा उतार्नु पर्नेमा जोड […]
समुदाय र सहकारीबीच सम्बन्ध दिगो बनाउन हाजिरीजवाफ प्रतियोगिता

भरतपुर, २८ माघ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर – ४ ले आयोजना गरेको अन्तर टोल स्तरीय हाजिरीजवाफ प्रतियोगितामा नवदुर्गा टोल विकास संस्था प्रथम भएको छ । शनिबार सम्पन्न प्रतियोगितामा वैकुण्ठ चोक टोल विकास संस्था द्वितीय भयो भने धर्मपथ टोल विकास संस्थाले तृतीय स्थान हात पार्यो । यस्तै वैकुण्ठ पथ टोल विकास […]
नेवार समुदायमा पण्डितको अभाव

भरतपुर, २८ माघ नेवाः पुचः नारायणगढले नेवार समुदायका बालबालिकालाई नेवार समुदायकै पण्डित (बाजे) बाट सामुहिकरुपमा ब्रतबन्ध (कायता पूजा) र बेलविवाह (ईही) को आयोजना गर्ने भएको छ । पुचःले शनिबार नारायणगढमा रहेको पुचःको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सामुहिक बेलविवाह र ब्रतबन्धबारे जानकारी दिएको हो । फागुन २५ गते सामुहिक ब्रतबन्ध तथा फागुन २८ र २९ […]
`परित्याग´को दोस्रो संस्करण सार्वजनिक

भरतपुर, २८ माघ । स्रस्टा माधव खनालको उपन्यास `परित्याग´को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षता र कवि गोविन्दराज विनोदीको प्रमुख आतिथ्यमा पुस्तक सार्वजनिक गरिएको हो । यो पुस्तकको पहिलो संस्करण २०४९ सालमा प्रकाशन भएको थियो । पुस्तक सार्वजनिक कार्यक्रममा स्वर्गीय माधव खनालका पिता वामदेव खनाल र माता लक्ष्मी […]
जिसीको `सनेस´मा चितवनमा छलफल

भरतपुर, २८ माघ । रेनुका जिसीको कथासङ्ग्रह `सनेस´माथि चितवनमा अन्तर्क्रिया गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा चितवन साहित्य परिषद्मा कार्यक्रम गरिएको हो । अन्तर्क्रिया कार्यक्रममा अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले कथाकार रेनुका जिसी, समीक्षक उदय अधिकारी र सुरेन्द्र अस्तफलसँगह छलफल चलाए । पुस्तकका सन्दर्भमा बोल्दै उदय अधिकारीले सनेसमा समेटिएका कथाहरूमा विविधता भएको बताए […]
राप्तीमा मेलमिलाप सम्बन्धी तालिम सुरु

राप्ती, २८ माघ । राप्ती नगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी आठ दिने तालिम सुरु भएको छ । “हाम्रो समस्या, हाम्रै समाधान- मेलमिलाप” को नारा सहित राप्तीको नन्दनी पार्टी प्यालेसमा शनिबार तालिमको उद्घाटन गरिएको हो । तालिम आगामी फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय सरकार सञ्चालन ऐन- २०७४ मा मेलमिलापलाई अभिन्न अङ्गको रूपमा लिइएको […]
रेडक्रसलाई गतिशील र पारदर्शी बनाऔँ : अधिकारी

भरतपुर, २८ माघ । भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीले रेडक्रस जस्तो गरिमा बोकेको संस्थालाई गतिशील र पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् । उपप्रमुख अधिकारीले नेपाल रेडक्रसका स्वयंसेवकहरुले आधारभूत सिद्धान्त अनुरुप गतिविधि प्रतिविम्बित भए/नभएको समीक्षा गर्दै अगाडी बढनुपर्ने समय आएको उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटी चितवनको ५१ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार […]
‘भ्यालेन्टाइन डे’ का लागि झकिझकाउ सौराहा

सौराहा, २८ माघ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न चितवनको सौराहामा भ्यालेन्टाइन विशेष खाना महोत्सव आयोजना गरिने भएको छ । पर्यटकलाई लक्षित गरी रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाले यही माघ २९ देखि फागुन २ सम्म खाना महोत्सव आयोजना गर्ने भएको छ । भ्यालेन्टाइन डे मनाउन परिवार तथा प्रेमिल जोडीको स्वागतका लागि व्यवसायीहरूले सौराहालाई […]
कोरोनाबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु

काठमाडौं, २८ माघ । कोरोना भाईरस संक्रमणवाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालया अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पिसिआर परिक्षण गरिएको छ भने एन्टिजेन १५ लाख २ हजा ५ सय ७६ जनाको गरिएको छ । अस्पतालमा आएका मध्ये ९८ लाख ९ हजार ८७ […]
एसइईको नतिजामा नयाँ रेकर्ड राखेका छौँ : प्रिन्सिपल पाण्डे

विसं २०७८ सालको एसइईको नतिजा अनुसार औषत जिपिए ३.१६ प्राप्त गरी नारायणगढमा अवस्थित भृकुटी बो. स्कुल जिल्लामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । भरतपुर ई. स्कुल सोसाइटी (बेस) अन्तर्गतका विद्यालयमध्ये प्रथम स्थान हासिल गर्न सफल भृकुटी शैक्षिक सत्र २०७५ सालको आधारभूत तहको परीक्षाको नतिजामा सबैभन्दा बढी औषत जिपिए ३.३७ प्राप्त गरी भरतपुर महानगरपालिकाभित्रका […]
विवेकशीलको महाधिवेशन आज सकिँदै

काठमाडौं, २८ माघ । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौंमा आज सम्पनन हुँदैछ । लामो समयदेखि छिन्नभिन्न अवस्थामा रहेको सो पार्टीको हिजोवाट सुरु भएको प्रथम महाधिवेसन आज सम्पन्न हुन लागेको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेसनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन […]