जिसीको `सनेस´मा चितवनमा छलफल

भरतपुर, २८ माघ ।
रेनुका जिसीको कथासङ्ग्रह `सनेस´माथि चितवनमा अन्तर्क्रिया गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा चितवन साहित्य परिषद्मा कार्यक्रम गरिएको हो ।

अन्तर्क्रिया कार्यक्रममा अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले कथाकार रेनुका जिसी, समीक्षक उदय अधिकारी र सुरेन्द्र अस्तफलसँगह छलफल चलाए । पुस्तकका सन्दर्भमा बोल्दै उदय अधिकारीले सनेसमा समेटिएका कथाहरूमा विविधता भएको बताए । `कथाहरू अधिकांश सामाजिक धारमा बुनिएका छन्, नारी कथाकारले कथामार्फत समाजको चित्रण गर्न रुचाउँछन्´, अधिकारीले भने -`कथामा महिलाका कथा र व्यथा छन्, समाजका नारीको अवस्थाका बारेमा कथाकारले सरल ढंगले कथामा समेट्नुभएको छ ।´

कथाकार जिसीले पुस्तकमा पहाड र मधेसका कथालाई मिश्रित ढंगले राखिएको बताइन् । `म पर्वतमा जन्मिएँ, हुर्किएँ । वैवाहिक जीवनपछि म मधेसमा आएर बसेकी छु । दुबै क्षेत्रको समाजमा म राम्रोसँग मिसिएँ । दुबै क्षेत्रलाई मैले मेरो लेखनीमा जोड्ने प्रयास गरेकी छु ।´

शिखा बुक्सबाट प्रकाशित पुस्तकमा ११ वटा कथा छन् । पर्वत जिल्लामा जन्मेहुर्केकी जिसी हाल रौतहटमा बस्छिन् । उनी शिक्षिका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट