रेडक्रसलाई गतिशील र पारदर्शी बनाऔँ : अधिकारी

भरतपुर, २८ माघ ।
भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीले रेडक्रस जस्तो गरिमा बोकेको संस्थालाई गतिशील र पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् ।
उपप्रमुख अधिकारीले नेपाल रेडक्रसका स्वयंसेवकहरुले आधारभूत सिद्धान्त अनुरुप गतिविधि प्रतिविम्बित भए/नभएको समीक्षा गर्दै अगाडी बढनुपर्ने समय आएको उल्लेख गरे ।

नेपाल रेडक्रस सोसाइटी चितवनको ५१ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार नारायणगढ सम्बोधन गर्दै उपप्रमुख अधिकारीले समाजमा नेपाल रेडक्रसले गरेका कार्यहरु प्रशंसनीय रहेको प्रष्ट पारे । उनले विभिन्न आपत्कालीन अवस्थामा रेडकसर्मीले पुर्‍याएको सेवाको उच्च प्रशंसा गर्दै रेडक्रसलाई अगाडि बढाउने कार्यमा सहयोग गर्न स्थानीय सरकार सधैं तयार रहेको बताए ।

उपप्रमुख अधिकारीले ३ पटक नोबेल शान्ति पुरस्कार विजेता रेडक्रस संस्थाले पारदर्शीताका साथ मानवीय पीडा कम गराउन निरन्तर क्रियाशील रहेकोमा खुशी प्रकट गरे ।

नेपाल रेडक्रस सोसाइटीको स्थापना २०२० भाद्र १९ गते भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरुले वर्षेनी औषत २५ लाख मानिसलाई सेवा पुर्‍याउँदै आएका छन् ।

मानवीय सेवामा अग्रिण संस्थाको रुपमा स्थापित नेपाल रेडक्रस सोसाइटीले विपद्का बेला तत्काल उद्धार तथा राहत, रक्तसञ्चार, एम्बुलेन्स, प्राथमिक उपचार सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रबर्द्धनका क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ ।

कार्यक्रममा जिल्ला उपसभापति रत्नप्रसाद सापकोटा, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतले मन्तव्य राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट