`परित्याग´को दोस्रो संस्करण सार्वजनिक

भरतपुर, २८ माघ ।
स्रस्टा माधव खनालको उपन्यास `परित्याग´को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षता र कवि गोविन्दराज विनोदीको प्रमुख आतिथ्यमा पुस्तक सार्वजनिक गरिएको हो । यो पुस्तकको पहिलो संस्करण २०४९ सालमा प्रकाशन भएको थियो ।

पुस्तक सार्वजनिक कार्यक्रममा स्वर्गीय माधव खनालका पिता वामदेव खनाल र माता लक्ष्मी खनालले उहाँको स्मृतिमा पुरस्कार स्थापना गर्न १ लाख ५० हजार रुपैयाँको चेक चितवन साहित्य परिषद्लाई उपलब्ध गराए । ३ वर्षभित्र उक्त अक्षयकोषको रकम ५ लाख रुपैयाँ पुर्‍याउने संस्थापक खनाल दम्पतीले बताए ।

उक्त कार्यक्रममा चन्द्रमित्र पण्डितले परित्यागको पहिलो अंक निकाल्दा उपन्यासकारसँग भएका कुराकानी समेटिएको बताए । पुस्तकको आवरण प्रकाशक थापाको रहेको छ ।

कार्यक्रममा चिसापका पदाधिकारीहरू गणेश श्रमण, नवराज ढुंगाना, पदम अर्याल, जगन्नाथ पण्डित, श्यामजी अतिथि, तारामित्र पण्डित, खनाल परिवार र छिमेकीहरू सहभागी थिए । कार्यक्रम शर्मिला पौडेल खनालको घरमा आयोजना गरिएको थियो ।
कृतिमाथि सुरेन्द्र अस्तफलले समीक्षात्मक टिप्पणी गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट