ग्लोबल आइएमइको वित्तीय साक्षरता कार्यक्रम

भरतपुर, ७ असोज । ग्लोबल आइएमइ बैंक बेलचोक शाखाले वित्तीय साक्षरता एवम् डिजिटल बैंकिङ कार्यक्रम गरेको छ । शुक्रबार नारायणगढमा गरिएको कार्यक्रममा बैंकका ग्राहकलाई वित्तीय साक्षरता बारे जानकारी गराइनुका साथै डिजिटल बैंकिङको प्रयोग र यसका फाइदाका बारेमा अवगत गराइएको थियो । शाखा प्रमुख रमेश निरौलाले कार्यक्रममार्फत सहभागीहरूसँग सहजीकरण गरेका थिए । प्रविधिको विकाससँगै डिजिटल बैंकिङ […]

गैँडाकोटका गतिशील गोपी

बग्नु नदीको धर्म हो । गति समयको कर्म हो । स्थिर रहनु हिमालको विशेषता हो । खासमा अस्थिर ब्रह्माण्डमा स्थिर केही पनि छैन । हामीलाई लाग्छ, पृथ्वी स्थिर छ तर होइन । यो आफ्नो अक्षमा घुमिरहेको छ सूर्यलाई केन्द्र बनाएर । गतिशील पृथ्वीमाथि रहेका सबै कुरा अस्थिर छन् वा भनौँ गतिशील छन् । गति नै […]

छितामाईको पर्यटन र शंकर थारु

बर्खामा राप्तीले बगाएर ल्याएका रुखका जराहरू बगरमा त्यसै मिल्किएका थिए । सामुदायिक वनमा पनि त्यस्ता जरा थुप्रै देखिन्थे । भरतपुर १३, गंगानगरका शंकर महतो थारूलाई त्यो मिल्किएको जरालाई कसरी आकर्षक बनाउन सकिएला भन्ने खुल्दुली लागिरहन्थ्यो । कोभिड–१९ का कारण निषेधाज्ञा जारी भयो । शंकरले त्यो समयलाई अवसरका रूपमा लिए । दैनिक १८ घन्टासम्म खटेर रूखका जरामा रंगरोगन गरे । शंकरले […]

चितवनको पर्यटन : पाइयो पहिचान, पुगेन प्रबर्द्धन

पर्यटनसँग चितवनको साइनो सम्बन्ध निकै पुरानो हो । यस्सो विचार गरेर हेर्दा यहाँ पौराणिककालदेखि नै पर्यटन सुरु भएको थियो भन्न सकिन्छ । चितवनसँग आडैको देवघाटको महिमा धार्मिक ग्रन्थहरूमा छ । र, त्यहाँ देवताहरू नै घुम्न, स्नान गर्न आउने वृत्तान्त धार्मिक पौराणिक कथाहरूमा पढ्न पाइन्छ । त्यसैले चितवनसँग पर्यटन देवताकै पालादेखि जोडिएर आएको हो । आधुनिक […]

`सानो घर’ को ठूलो सपना

भरतपुर, ७ असोज । भित्ताभरि रङ्गीबिरङ्गी चित्र बनाएर टाँसेका छन् छोरीहरूले । बालसुलभ हातले कोरेका चराचुरङ्गी, फूल, मान्छे अनेक–अनेक रङ्गीबिरङ्गी चित्रहरू हेरेर उनको अनुहारको भाव बदलिन्छ । भरतपुर–१२ स्थित बाइपासरोडमा रहेको बालगृह ‘सानो घर’ की सञ्चालक विमला श्रेष्ठलाई छोरीहरूका यस्तै आकार लिँदै गरेका प्रगतिले छुट्टै आनन्द दिन्छ । जिन्दगीको ४७औँ वर्षमा हिँड्दै गरेकी विमलाका सपना […]

परदेशको सीपले जन्मियो शुभम फ्लावर्स

२०२९ सालमा बर्मामा जन्मिएका शंकर तिवारीलाई बुवाआमाले काखमा बोकेर नेपाल ल्याए । चितवनको माटोमा हुर्किएका तिवारीले साथीहरूको लहैलहैमा २०५३ सालमा मोटरपार्टस्को पसल गरे । माओवादी द्वन्द्व उच्च भएपछि उनी भइरहेको व्यवसाय बेचेर रोजगारीका लागि दुबई हानिए । २०६० सालमा फ्लोरिस्ट हेल्परको रूपमा दुबई गएका उनी छोटो समयमा नै आफ्नो दक्षता देखाएर फ्लोरिस्टमा पदोन्नति भए । […]

बिग्रिएको सडक कालोपत्रे सुरु

देवचुली, ७ असोज । देवचुलीका नगर प्रमुखको सक्रियतामा पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत देवचुली खण्डमा बिग्रिएको सडक मर्मतसँगै कालोपत्रे गर्ने काम सुरु भएको छ । देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका प्रतिनिधिहरुसँग पटकपटक बैठक बसी सडक मर्मतको काम अघि बढाउन पहल गरेका हुन् । देवचुली खण्डमा भएका खाल्डा पुर्न सुरु गरेको निर्माण कम्पनीले […]

सङ्कटमा नेपालका कछुवा

भरतपुर, ६ असोज । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन)का अनुसार विश्वभर ३ सय ६० प्रजातिका कछुवाहरू पाइन्छन् । तीमध्ये १ सय २७ सङ्कटापन्न वा अतिसङ्कटापन्न अवस्थामा रहेका छन् । तीमध्ये कतिपय प्रजाति यसै शताब्दीभित्र लोप भइसक्ने अनुमान पनि गरिएको छ । नेपालमा भने कछुवाको संख्याको त कुरै छाडौं, यहाँ तिनका कतिवटा प्रजाति पाइन्छन् भन्नेमै […]

राष्ट्रपतिको कदमविरुद्धको रिटको पेसी आज

काठमाडौं, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको पाँच वटा रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले निस्क्रिय पारेपछि त्यसविरुद्ध सर्वाेच्चमा रिट परेको थियो । छुट्टाछुट्टै पाँच वटा रिटको पेसी आजका लागि तोकिएको हो । संघीय संसदका दुवै सदनबाट दोहोर्‍याएर […]

प्रकाशकीय : मजबुतीको अर्को पाइला

कायाकैरन दैनिकको उमेर १६ वर्ष पूरा भएको छ । ठीक १६ वर्षअघि २०६३ साल असोज ७ गते घटस्थापनाको दिन कायाकैरनको पहिलो अंक प्रकाशन भएको थियो । त्यस हिसाबले आजबाट हाम्रो यात्रा १७ औँ वर्षमा प्रवेश गरेको छ । निरन्तर संघर्ष र सफलताको बराबरी अनुभव हामीसँग छ । हामीलाई यो पनि पूर्ण जानकारी छ कि बदलिँदो […]

कायाकैरन १७ औँ वर्षमा

भरतपुर, ७ असोज चितवनबाट प्रकाशन भइरहेको कायाकैरन दैनिक पत्रिकाले प्रकाशनको १६ वर्ष पूरा गरेको छ । २०६३ असोज ७ गते घटस्थापनाको दिन प्रकाशन आरम्भ गरेको पत्रिकाले आज १६ औँ वार्षिकोत्सव मनाउँदै छ । युवा पत्रकार दिनेशकुमार थपलियाको सम्पादकीय नेतृत्वमा प्रकाशन आरम्भ गरेको यो पत्रिकाको मुख्यालय हाल नारायणगढको आनन्दमार्गमा छ । हाल यस पत्रिका कायाकैरन मिडिया […]

ज्याङ्गो दाइको ठेला

भरतपुर, ७ असोज ।नारायणगढ बजारमा `ज्याङ्गो दाइको ठेला´ पपुलर छ । सामान ओसारपसार गर्न धेरैले सम्झने नाम हो, ज्याङ्गो दाइ । खाइलाग्दो ज्यान भएका यिनी जस्तोसुकै सामान पनि जुरुक्क पारेर भनेको ठाउँमा पुर्‍याउँछन्, ल्याउनुपर्ने ठाउँबाट पनि उसैगरी ल्याउँछन् । भरियाको काम गर्ने यी बलिया मान्छेको वास्तविक नाम बिष्णुबहादुर थापा हो । २०२९ सालमा मोरङको बिराटनगरमा […]

पर्यटकलाई लोभ्याउँदै देवचुलीको कुमसोत

देवचुली, ७ असोज । कुनै बेला विकट मानिएको देवचुलीस्थित कुमसोत क्षेत्र अहिले धेरैको गन्तव्य बनेको छ । देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने उक्त ठाउँ सडक, विद्युत विस्तारसँगै आन्तरिक तथा बाह्रय पर्यटकले मजा लिँदै घुम्ने स्थान भएको छ । नगरकोटको झल्को दिने देवचुली वडा नम्बर ६ मा अवस्थित कुमसोत अहिले धेरैको गन्तव्य बनेको छ । […]