भरतपुर, ७ असोज
चितवनबाट प्रकाशन भइरहेको कायाकैरन दैनिक पत्रिकाले प्रकाशनको १६ वर्ष पूरा गरेको छ । २०६३ असोज ७ गते घटस्थापनाको दिन प्रकाशन आरम्भ गरेको पत्रिकाले आज १६ औँ वार्षिकोत्सव मनाउँदै छ ।
युवा पत्रकार दिनेशकुमार थपलियाको सम्पादकीय नेतृत्वमा प्रकाशन आरम्भ गरेको यो पत्रिकाको मुख्यालय हाल नारायणगढको आनन्दमार्गमा छ । हाल यस पत्रिका कायाकैरन मिडिया नेटवर्क प्रा.लि. ले प्रकाशन गर्दै आएको छ ।
नेटवर्ककका अध्यक्ष लक्ष्मीकुमारी कँडेल सिरीषाले पत्रिकाको १७ औँ वर्ष प्रवेशको अवसरमा सबै पाठक, विज्ञापनदाता तथा शुभेच्छुकप्रति निरन्तरको साथका लागि आभार व्यक्त गरेकी छन् । पत्रिकाले आगामी दिनमा अझै उचाइ लिने विश्वास उनले लिएकी छन् ।





