बिग्रिएको सडक कालोपत्रे सुरु

देवचुली, ७ असोज ।
देवचुलीका नगर प्रमुखको सक्रियतामा पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत देवचुली खण्डमा बिग्रिएको सडक मर्मतसँगै कालोपत्रे गर्ने काम सुरु भएको छ । देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका प्रतिनिधिहरुसँग पटकपटक बैठक बसी सडक मर्मतको काम अघि बढाउन पहल गरेका हुन् ।

देवचुली खण्डमा भएका खाल्डा पुर्न सुरु गरेको निर्माण कम्पनीले शुक्रबारबाट लोकाहा पुल पूर्वबाट कालोपत्रे सुरु गरिएको हो ।

सडकखण्डको स्तरोन्नतीको क्रममा बिग्रिएका सडकका कारण दैनिक सवारी दुर्घटना बढिरहेको, यात्रुहरुलाई सास्ती भैरहेकोले खाल्डाहरु पुरी कालोपत्रे गरि व्यवस्थित बनाउन निर्माण निरन्तर दबाब दिईएको नगर प्रमुख न्यौपानेले बताए ।

सोमबार लोकाहा पूलबाट पूर्वतर्फ मर्मतको काम सुरु गरेको निर्माण कम्पनीलाई निरन्तर बाटोमा पानी राखि धुलोमुक्त गराउन, पहिलो चरणमा खाल्डा पुर्ने गरि काम सुरु गर्न र तत्काल नै खाल्डा भएका सडकहरुलाई कालोपत्रे गर्नका लागि निरन्तर दबाब दिएको नगरप्रमुख न्यौपानेले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट